साप्ताहिक ६ सय सहितको राहत प्याकेजको समर्थन गर्न रिपब्लिकन नेता तयार


प्रकाशित मिति : श्रावण २०, २०७७ मंगलबार

सिनेटमा रिपब्लिकन नेता मिच म्याक्कोनेलले साप्ताहिक ६ सय डलर बेरोजगारी चेक सहितको कोरोना भाइरसको राहत प्याकेजलाई समर्थन गर्न आफू तयार रहेको बताएका छन् । साप्ताहिक ६ सयको विषयलाई लिएर रिपब्लिकनले ल्याएको राहत बिलमा सहमति कायम हुनमा समस्या भइरहेको अवस्थामा उनको यस्तो प्रतिकृया आएको हो ।

मंगलबार पत्रकारहरुसँग कुरा गर्दै उनले साप्ताहिक ६ सयमा सहमति जनाउन तयार रहेको बताएपछि प्याकेजमा डेमोक्रेटिक सांसदहरुबीच सहमति कायम हुने संकेत देखिएको हो । बेरोजगारी विमा वा महामारी बेरोजगारी सहायता लिइरहेकाहरुलाई अतिरिक्त साप्ताहिक ६ सय डलरको सुविधा गत जुलाई ३१ बाट समाप्त भइसकेको छ ।

क्यालिफोर्नियाकी डेमाक्रे्याट् हाउस स्पीकर न्यान्सी पेलोसीले सोमबार आफहरु साप्ताहिक ६ सयका बारेमा कुनै सम्झौता गर्न तयार नभएको बताएकी थिइन् । साप्ताहिक ६ सय को व्यवस्था बेरोजगारी दरसँग सम्बन्धित रहेको र बेरोजगारी दर कम भएमा साप्ताहिक ६ सयको दर कम गर्दै लैजान सकिने उनले बताएकी छिन् ।

यद्यपी सिनेटका रिपब्लिकनहरुले साप्ताहिक ६ सयको साटो कामदारले गुमाएको ज्यालाको ७० प्रतिशत कभर गर्नेगरी साप्ताहिक २ सयसम्म प्रदान गर्नुपर्ने प्रस्ताव ल्याएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने साप्ताहिक ६ सयलाई समर्थन गर्ने संकेत दिइसकेका छन् ।

रिपब्लिकन सिनेटर मिच म्याक्कोनलले डेमोक्र्याटस र ट्रम्प प्रशासनबीच सहमति कायम भएमा आफूले साप्ताहिक ६ सयको प्रस्तावलाई स्वीकार्न तयार रहेको बताएका हुन् । त्यसका लागि डेमोक्रेटिक सांसदहरु र ट्रेजरी सेक्रेटरी स्टेभन मन्चिन तथा ह्वाइट हाउसका चिफ अफ स्टाफ मार्क मेडोजबीच सहमति कायम हुन जरुरी रहेको छ ।

अमेरिकामा अहिले झण्डै ३० मिलियनले काम गुमाएका छन् । उनीहरुले प्राप्त गर्दै आएको साप्ताहिक ६ सय डलरको अतिरिक्त चेक जुलाईको अन्तिम साताबाट पाउन छाडिसकेका छन् । अतिरिक्त चेक प्राप्त नगर्दा कैयनमा घर निकालाको र होमलेस हुने जोखिम समेत बढेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com