अमेरिकाको मिनेसोटामा डूबेर मृत्यु भएका व्यक्ति बिराटनगरका २४ बर्षीय युवा आशुतोष


प्रकाशित मिति : श्रावण २०, २०७७ मंगलबार

अमेरिकाको मिनेसोटामा डूबेर मृत्यु भएका व्यक्ति बिराटनगरका २४ बर्षीय युवा आशुतोष दाहाल रहेको पुष्टी भएको छ । हालै सेन्ट क्लाउड स्टेट युनिभर्सिटीबाट ग्रयाजुएट भएका दाहालको मिनेसोटामा रहेको बिग लेकमा डूबेर मृत्यु भएको हो ।

शनिबार बेलुका पौने ८ बजेतिर तालमा गएका उनी ट्युबबाट खसेर पानीमा डूबेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । कैयन व्यक्तिले उनलाई बाहिर निकाल्न खोजेपनि असफल भएका थिए ।

राती साढे ९ बजेतिर प्रहरीले उनलाई बाहिर निकाल्दा उनी अचेत अवस्थामा थिए । पछि उनलाई मृत घोषणा गरिएको थियो । उनको शरिर पानीमा झण्डै १० फिट तल भेटिएको थियो ।

एसोसिएसन अफ नेपलिज इन मेनोसोटाले अन्तिम संस्कारका लागि सघाउन आर्थिक संकलन अभियान सुरु गरेको छ । आर्थिक सहयोग गर्न चाहनेले यो लिंकमा क्लिक गरेर पेपलमार्फत सहयोग गर्न सकिनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनको मृत्युबारे परिवारका सदस्यहरुलाई खबर गरिसकिएको जनाइएको छ । अमेरिकामा केहीदिन यता नेपालीहरु डूबेर मृत्यु भएका कैयन खबरहरु आइरहेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com