उष्ण तुफान इसाइयसको प्रभाव आज न्युयोर्कमा पनि, राती १० बजेसम्मका लागि ट्राभल अलर्ट


प्रकाशित मिति : श्रावण २०, २०७७ मंगलबार

उष्ण तुफान इसाइयसको प्रभाव आज न्युयोर्कमा पनि परेको छ । इसाइयसका कारण न्युयोर्कमा विनाशकारी बतास, टोर्नाडो र बाढी आउनेगरी वर्षा सुरु भएको छ ।

न्युयोर्कमा बेलुकासम्मका लागि ट्राभल एड्भाइजरी जारी गरिएको छ । जस अन्तरगत ६० माइल प्रतिघण्टासम्म बतास चल्ने जनाइएको छ । न्युयोर्कमा बर्षा सुरु भइसकेको छ तर दिउसो १२ बजेदेखि २ बजेसम्म अत्याधिक बर्षा हुने मौषमविदहरुले जनाएका छन् ।

न्युयोर्कसिटी आपतकालिन व्यवस्थापन राष्ट्रिय मौषम सेवासँग सम्पर्कमा रहेको जनाइएको छ । उष्ण तुफान इसाइयसल फ्लोरिडा नर्थ क्यारोलिना हुँदै न्युयोर्क आइपुगेको हो ।

गएराती नर्थ क्यारोलिनादेखि, भर्जिनिया, मेरिल्याण्ड, डेलावर र न्युजर्सीमा दर्जन बढी टोर्नाडोका रिपोर्टहरु आएका छन् । न्युयोर्क रिभर इस्ट भर्जिनियामा बायुको बेग ९४ माइल प्रतिघण्टासम्म मापन गरिएको थियो ।

मंगलबार विहानसम्म नर्थ क्यारोलिना, भर्जिनिया, मेरिल्याण्ड र डेलावरमा साढे ७ लाख भन्दा धेरै घरमा विद्युत आपूर्तिमा अवरोध उत्पन्न भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com