कोरोना नियन्त्रणका लागि कर्फ्यु लगाउनेदेखि सिल गर्नेसम्मकाे सुझाव


प्रकाशित मिति : श्रावण २०, २०७७ मंगलबार

प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशबाट आउने नेपालीको परीक्षण गरी प्रमाणित भएपछिमात्र घर पठाइने बताउनुभएको छ । बाहिरबाट आउनेहरु आफै पनि जिम्मेवार हुनुपर्ने उहाँले बताउनुभयो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार विज्ञहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले त्यस्तो बताउनुभयो ।

अहिलेको कोरोना संकट सल्टाउन सबैको भूमिका अनिवार्य रहने भएपनि सरकारको मात्र विरोध गर्ने र मान्छे भड्काउने काम उचित नरहेको उहाँले बताउनुभयो । “भयाभह स्थिति छँदैछ, सीमाबाट मान्छे स्वस्फूर्तरुपमा आउन दिने हो भने झन अवस्था विग्रन्छ” प्रधानमन्त्री ओलीले भन्नुभयो, “आउन दिने हो तर परीक्षण गरेर मात्र घर पठाउनुपर्छ, त्यसमा नागरिकले सहयोग गर्नुपर्छ ।

“जनताको जीवनभन्दा ठूलो कुरा केही होइन, हामी सबै त्यसमा केन्द्रित भएर अगाडि बढ्न जरुरी छ” प्रधानमन्त्री ओलीले भन्नुभयो, “कोभिड १९ को संयुक्त लडाईमा हरेक देशबासीले आफ्नो ठाउँबाट सकारात्मक भूमिका खेल्नुपर्ने आवश्यक छ ।” कोरोना विरुद्ध ज्यान जोखिममा राखेर सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा स्वयम्सेवकले भूमिका निर्वाह गरिरहनुभएको भन्दै उहाँले प्रसंशा गर्नुभयो । सरकारले २५ भन्दा बढी व्यक्तिलाई एक ठाउँमा जम्मा हुन नदिने भनेको भएपनि पार्टीभित्रै त्यसको अवमूल्यन भइरहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “यस्तो अवस्थामा पार्टीका नेताले केन्द्रीय कमिटीको बैठक माग गरिरहेका छन्, मान्छे भड्काउने काम गरिरहेका छन्, यो उचित होइन ।” “लकडाउन लगाउँदा किन लगाइस् भन्ने, लकडाउन खोल्दा किन खोलिस् भन्ने गलत मानसिकता साथ टिप्पणी भइरहेको छ” भन्दै प्रधानमन्त्री ओलीले सबैलाई जिम्मेवार बन्न आग्रह गर्नुभयो । सरकार देश र जनताको स्वास्थ्यमा संवेदनशील रहेको पनि उहाँले प्रष्ट पार्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसैबीच करिब साढे चार घण्टा लामाे आजकाे छलफल अत्यन्तै उपलब्धिमूलक रूपमा टुंगिएकाे र विज्ञहरूबाट लकडाउन कडाइ गर्ने वा २१ दिन ताेकेर कर्फ्यु लगाउने वा संक्रमण बढेका स्थानमा सिल गर्ने र नागरिक उत्तरदायित्व बढाउने जस्ता मिश्रित सुझावहरू प्राप्त भएकाे प्रधानमन्त्रीकाे प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभयाे ।

त्यस्तै अस्पतालमा पूर्वाधार बढाउन आइसीयू र भेन्टिलेटर उपलब्धता बढाउन पनि जाेड दिइएकाे छ निष्कर्षमा प्रधानमन्त्रीज्यूले विभिन्नखाले सुझावहरू अाएकाेमा सरकारले आवश्यक र जायज सुझावहरू कार्यान्वयन गरी अगाडि बढ्ने तथा सिंगाे देश एकताबद्ध भएर काेराेना संक्रमणलाई पराजित गरिछाड्ने उल्लेख गर्नुभएकाे थापाले जानकारी गराउनुभयाे । छलफलमा नेपाली काँग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा तथा जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि उपस्थित रहनुभएकाे थियाे । गोरखापत्र

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com