समुदायलाई सघाउन न्युयोर्कका तीन नेपाली लायन्स क्लबहरु एकजुट, संयुक्त सञ्जाल निर्माण


प्रकाशित मिति : श्रावण १९, २०७७ सोमबार

कोरोना प्रभावितलाई सहयोग गर्न न्युयोर्कको क्वीन्समा सकृय तीनवटा लायन्स क्लबहरुको संयुक्त सञ्जाल बनाइएको छ । लायन्स क्लब अफ क्वीन्स बुद्ध, नेपालिज र केटिअमको संयुक्त पहलमा कोरोनाको महामारीबाट पीडितलाई राहत र सहयोगको उद्देश्यले  नेपाली लायन्स नेटवर्क न्युयोर्कलाई पुनर्गठन गरिएको हो ।

संयुक्त बैठकले सञ्जालको नयाँ संयोजक लायन्स क्लब क्वीन्स बुद्धबाट संस्थापक अध्यक्ष कृष्ण आचार्यलाई चयन गरेको छ । त्यस्तै लायन्स क्लब केटीएमबाट अशोक कार्कीलाई कार्यक्रम संयोजक र लाईन्स क्लब नेपालिजबाट अच्युत सिग्देललाई सचिवमा चयन गरिएको छ ।

कोरोनाको महामारी र अन्य मानवीय सेवाका लागि नेपाली लायन्स क्लबहरूको एकीकृत र समन्वयात्मक सहकार्यलाई दीर्घकालसम्म निरन्तरता दिन संयुक्त सन्जालको पुनर्गठन गरिएको जनाइएको छ । उक्त संजाल कोरोना पीडित समुदायलाई सेवा र सहयोगका लागि गत मार्चमा बनाइएको थियो ।

नेपाली समाजमा सञ्जालमार्फत गरिएको सहयोग प्रभावकारी रहेको भन्दै त्यसलाई थप व्यवस्थीत र निरन्तरताका लागि पुनगर्ठन गर्न सबै नेपाली लायन्स क्लबहरू एकमत र एकजुट भएका हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्युयोर्कमा स्थापित समान संस्थागत उद्देश्य बोकेका तीनवटै सक्रिय नेपाली लायन्स क्लबहरूले नेपाली समुदायका साझा सवालहरूमा उपलब्ध स्रोत साधनको समन्वय र परिचालनसहित एकआपसमा मिलेर कार्यक्रम गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नवगठित नेपाली लायन्स सञ्जालले रक्तदान र जनगणना जागरण कायैक्रम तत्काल आयोजना गर्ने निर्णयसमेत गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com