नेपाली महिलाका लागि टेक्सासबाट अनकोनको ‘वुमेन फर वुमेन’ सहयोग अभियान


प्रकाशित मिति : श्रावण १९, २०७७ सोमबार

आर्थिक अभावले अवशरबाट वञ्चित भएका नेपाली महिलाका लागि टेक्सासको सामजिक संस्था अनकोनले वुमेन फर वुमेन आर्थिक सहयोग अभियान  सुरु गरेको छ ।

ग्लोवल ड्रिम्स सर्वेक्षणको तथ्यांक अनुसार नेपालमा आधा भन्दा बढि महिलाहरु आर्थिक अभावको कारणले निम्नस्तरको जीवन जिउन बाध्य छन् । उनीहरुलाई अर्थिक सवलिकरण गर्दै शिक्षा र स्वस्थ्यमा उचित पहुँच कायम गर्न सहयोग गर्ने उद्देश्यले अनकोनको महिला संजालले आर्थिक संकलन अभियान संचालन गरेको हो ।

संकलित रकम नेपालको विपन्न र बहिस्करणमा परेका महिलाका निम्ती एक विशेष परियोजना मार्फत खर्च गरिने अनकोन वुमेनले जनाएको छ । टेक्सासको ड्यालस वरपरका नेपालीहरुले केहि बर्षअघि यो गैरनाफामुलक संस्थाको स्थापना गरेका हुन् । यसले नेपालमा विभिन्न सामाजिक परियोजनाहरुमा सहयोग गर्दै आएको छ भने अमेरिकामा पनि नेतृत्व तथा व्यक्तित्व विकासका विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

‘मातृभूमीका चेलीहरुको सवलिकरणका लागी हामीले यो अभियान संचालन गरेका हौँ, सम्पुर्ण अमेरिकाबासी नेपालीबाट आर्थीक सहयोगको अपेक्षा गरेका छौँ’ – अभियन्ता बिष्णुमाया उपाध्यायले भन्नुभयो ।

यूएसएनेपाल नेटवर्कको वेवसाइट लगअन गरेर यो अभियानमा सहयोग गर्न सकिन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com