क्यालिफोर्नियामा कोरोना संक्रमितको संख्या ५ लाख नाघ्यो, विश्वभर एकैदिनमा ३ लाख


प्रकाशित मिति : श्रावण १७, २०७७ शनिबार

अमेरिकाको क्यालिफोर्नियामा कोरोना संक्रमण पुष्टी हुनेहरुको संख्या ५ लाख नाघेको छ । क्यालिफोर्निया सबैभन्दा धेरै कोरोना संक्रमण पुष्टी हुने राज्यमा अमेरिकामा पहिलो नम्बरमा रहेको छ भने संक्रमितको संख्या ५ लाख नाघ्ने एउटामात्र राज्य हो ।

क्यालिफोर्नियामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या ९ हजार २ सय १४ पुगेको छ । क्यालिफोर्नियामा अहिलेसम्म ७८ लाख भन्दा बढीको कोरोना परीक्षण गरिएको छ ।

अमेरिकामा कोरोना संक्रमण पुष्टी हुनेहरुको संख्या ४७ लाख नाघिसकेको छ भने मृत्यु हुनेहरुको संख्या पनि १ लाख ५७ हजार नाघिसकेको छ । क्यालिफोर्नियापछि सबैभन्दा धेरै संक्रमण पुष्टी हुनेहरु फ्लोरिडामा रहेका छन् । न्युयोर्क तेश्रो नम्बरमा रहेको छ ।

कोरोना परीक्षणका लागि स्वाब संकलन गरिदै । फोटो : दीपेन्द्र ढुंगाना

यसैबीच सबैभन्दा धेरै कोरोना संक्रमण पुष्टी हुनेमा भारत तेश्रो नम्बरमा आएको छ । भारतमा १७ लाख बढीमा कोरोना संक्रमण पुष्टी भइसकेको छ भने ३७ हजार भन्दा धेरैको मृत्यु भइसकेको छ ।

विश्वभर १ करोड ७८ लाख भन्दा धेरैमा कोरोना संक्रमण पुष्टी भइसकेको छ भने कोरोनाबाट ६ लाख ८५ हजार भन्दा धेरैको मृत्यु भइसकेको छ । शुक्रबारमात्र विश्व स्वास्थ्य संगठनले एकदिनमा कोरोना संक्रमण पुष्टी हुनेको अहिलेसम्मकै धेरै नम्बर रिपोर्ट गरेको थियो । शुक्रबार विश्व स्वास्थ्य संगठनले विश्वभरबाट एकैदिनमा ३ लाख बढी संक्रमण पुष्टी भएको जनाएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com