अमेरिकनलाई युरोप भ्रमणमा लगाइएको रोक बढाइयो, यी ९ देशमा यात्रा गर्न सक्छन् अमेरिकन


प्रकाशित मिति : श्रावण १६, २०७७ शुक्रबार

युरोपियन युनियनले अमेरिकनहरुलाई युरोप भ्रमणमा लगाएको रोक लम्बाएको छ । जुलाई महिनामामात्र अमेरिकनमाथि लगाइएको रोक बिहिबार दोश्रोपटक लम्बाइएको हो ।

युरोपियन युनियनले जुलाई १ मा १४ देशबाट आउनेहरुमाथिको रोक हटाएको थियो । जसमा क्यानडा, साउथ कोरिया, अष्ट्रेलिया लगायत रहेका थिए । बिहिबार गरेको पाक्षिक पुनरावलोकनका क्रममा अमेरिकामाथिको रोक कायमै राखिएको हो ।

अष्ट्रेलिया, क्यानडा, जर्जिया, जापान, मोरक्को, न्युजील्याण्ड, रुवाण्डा, साउथ कोरिया, थाइल्याण्ड, ट्युनिसिया, उरुग्वे र चीन लगायतका मुलुकबाट भने युरोपियन युनियनभित्रका मुलुकमा यात्रा गर्न सकिनेछ । युरोपियन युनियनले लगाएको रोक भने ब्रिटेनका सन्दर्भमा लागु हुँदैन, किनभने ब्रिट्रेनले युरोपियन युनियन छाडिसकेको छ ।

अहिले अमेरिकनहरुका लागि विश्वका ९ वटा देशहरुमात्र खुला रहेका छन् । अल्बानिया, डोमेनिकन रिपब्लिक, कोशोभो, माल्दिभ्स, मेक्सिको, नर्थ मेसेडोनिया, सर्विया, ट्युनिसिया र टर्कीको भ्रमणका लागि अमेरिकनहरुलाई रोक लगाइएको छैन ।

बर्बादोस, बेलिज, बर्मुडा, कम्बोडिया, क्रोएसिया, डोमिनिका, इक्वेडर, इजीप्ट, आयरल्याण्ड, जमैका, रुवाण्डा, तान्जानिया, युक्रेन, युएई, बेलायत लगायतका मुलुकमा भने सेल्फ आइसोलेसन वा कोरोना परीक्षण लगायतका मापदण्ड पूरा गरेर अमेरिकनहरु यात्रा गर्न सक्छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com