कोरोनाबाट बच्न मास्कका साथमा गगल्स पनि लगाउन डाक्टर फाउचीको सुझाव


प्रकाशित मिति : श्रावण १५, २०७७ बिहीबार

अमेरिकामा बरिष्ठ सरुवा रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले कोरोनाको संक्रमणबाट बच्न मास्कका अतिरिक्त फेसशिल्ड वा गगल्स लगाउन सुझाव दिएका छन् । मास्कका अतिरिक्त गगल्स वा फेसशिल्ड लगाउँदा कोरोनाको संक्रमणबाट बच्न थप मद्दत पुग्ने उनको भनाई छ ।

सैद्धान्तिक रुपमा आँखा, नाक र मुख छोप्नुपर्ने भएकाले आफूसँग भएको खण्डमा गगल्स लगाउन उनले सुझाव दिएका हुन् । सीडीसीले यसअगाडि नै मुख र नाक छोप्नेगरी मास्कको प्रयोग गर्न सुझाव दिइसकेको छ तर भाइरस आँखाको माध्यमबाट पनि सर्नसक्ने चेतावनी दिइएको छ ।

गगल्सको प्रयोग विश्वब्यापी रुपमा सिफारिस गरिएको नभएतापनि गगल्स वा फेसशिल्ड समेत लगाउँदा पूर्णरुपमा संरक्षण हुने फाउचीको भनाई छ । चिसो सुरु हुँदै गर्दा उनले फ्लुको भ्याक्सिन लगाउन समेत सुझाव दिएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नाक र मुखमा जस्तै आँखामा पनि म्युकोसल हुने भएकाले सबै म्युकोसल सतहलाई छोप्नुपर्ने फाउचीको तर्क छ । मास्क लगाउँदा कोभिड १९ बाटमात्र नभई अरुप्रकारका फ्लुबाट पनि बच्न सकिने उनले बताएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com