प्रहरी हेडक्वार्टरका थप ९ जनामा कोरोना संक्रमण


प्रकाशित मिति : श्रावण १५, २०७७ बिहीबार

प्रहरी प्रधान कार्यालयमा कार्यरत थप ९ जना प्रहरी कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसअघि केहि कर्मचारीमा कोरोना देखिएपछि गरिएको कन्ट्याक्ट ट्रेसिङको क्रममा बिहिबार थप ९ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै प्रहरी प्रधान कार्यालयमा कोरोना संक्रमितको संख्या ४४ पुगेको एक उच्च अधिकृतले जानकारी दिए । नयाँ संक्रमितहरु अधिकांश चालक, मेसका कर्मचारी, सञ्चारगृहका रहेको बताइएको छ । उनीहरुलाई बलम्बुस्थित एपिएफ अस्पतालमा भर्ना गरिएको छ । अझै कोरोना संक्रमितको संख्या थपिने आशंका गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com