एनआरएनए न्युयोर्क च्याप्टरको आयोजनामा नेपाली समुदायको १२ बर्षयताकै ठूलो रक्तदान


प्रकाशित मिति : श्रावण १४, २०७७ बुधबार

एनआरएनए न्यूयोर्क च्याप्टरले आयोजना गरेको रक्तदान कार्यक्रममा १३० जनाले रक्तदान गरेका छन् । न्युयोर्कको सत्य नारायण मन्दिरमा आयोजित रक्तदान कार्यक्रममा १ सय ३० पिन्ट रगत संकलन भएको छ ।

रक्तदान न्युयोर्कमा क्रियाशिल अन्य ४८ ओटा संघ संस्थाहरूको विशेष सहयोग र न्युयोर्क ब्लड सेन्टर सँगको सहकार्यमा सम्पन्न भएको हो । यो न्युयोर्कमा नेपाली समुदायका आयोजनामा सन् २००८ यताकै सबैभन्दा ठूलो रक्तदान कार्यक्रम भएको जनाइएको छ ।

कार्यक्रममा नेपाल भिजन इन्कले रक्तदाताहरुलाई पीपीई, मास्क, ग्लोभ्स र सेनिटाईजर वितरण गरेको थियो । त्यस्तै अमेरिकी जनगणनाको फारम भर्न सेन्सन ब्यूरोका प्रतिनिधि र अधिकारका प्रतिनिधिहरुले सहयोग गरेका थिए । निःशुल्क स्वास्थ्य जाँच र अस्पतालले दिने सेवाहरूको बारेमा जानकारी दिन एल्महस्र्ट अस्पतालका मेडिकल टिम उपस्थीत थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एनआरएनए न्युयोर्क च्याप्टरका युवा संयोजक विजय गुरुङको संयोजकत्वमा कार्यक्रम भएको हो । नेपाली महावाणिज्य दूतावास न्युयोर्कमा कार्यरत वाणिज्यदूत गणेश प्रसाद अधिकारीले कार्यक्रमको उदघाटन गरेका थिए ।

कार्यक्रममा एनआरएनए एनसीसी अमेरिकाका उपाध्यक्ष बाबुराम लामा चर्चित रक्तदाता अर्जुन मैनाली लगायत विभिन्न संघ संस्थाहरूका अध्यक्षहरू तथा प्रतिनिधिहरू सहित ३०० जना भन्दा बढीको उपस्थीति रहेको थियो ।

कार्यक्रममा सहभागी हुने र रक्तदान गर्ने सबैलाई एनआरएन न्युयोर्क च्याप्टरका अध्यक्ष रामहरि अधिकारीले वक्तब्य मार्फत धन्यवाद दिएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com