अमेरिकाबाट अनलाइन पुम्से सेमिनार, विश्वभरका नेपाली निशुल्क सहभागी हुनसक्ने


प्रकाशित मिति : श्रावण १४, २०७७ बुधबार

अमेरिकाको ओरेगनमा रहेको अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो प्रतियोगिता मुख्यालयले अनलाइन पुम्से सेमिनार गर्ने भएको छ । दुई सेसनमा हुने सेमिनार आगामी अगस्त १४ र १५ तारिखमा मा हुने भएको छ ।

अगस्त १४ तारिखमा हुने सेमिनार ओरेगनको समय अनुशार दिउसो ४ बजे १५ मिनेट जाँदा (नेपाली समय अगस्त १५ विहान ५ बजे) सुरु हुनेछ भने झण्डै ४ घण्टा संचालन हुनेछ । त्यस्तै अगस्त १५ तारिखमा हुने सेमिनार ओरेगनको समय अनुशार दिउसो ४ बजे १५ मिनेट जाँदा (नेपाली समय अगस्त १६ विहान ५ बजे) सुरु हुनेछ भने झण्डै ४ घण्टा संचालन हुनेछ ।

अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो प्रतियोगिताका संस्थापक तथा प्रतियोगिता निर्देशक  दिवाकर महर्जन

सेमिनारमा आठौं डन कुकिवन ग्राण्ड मास्टर रेमण्ड शुको सहभागिता रहने अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो प्रतियोगिता मुख्यालयका तर्फबाट दिवाकर महर्जनले जानकारी दिनुभयो । रेमण्ड शु वर्ल्ड तेक्वान्दो प्रथम श्रेणीका पुम्से रेफ्री र पुम्से कमिटि मेम्बर हुनुहुन्छ । साथै अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो प्रतियोगिता २०२० का पुम्से चेयरम्यान हुनुहुन्छ ।

सेमिनार निशुल्क रहेपनि सिट सिमित रहेको जनाइएको छ । सेमिनारमा सहभागी हुनका लागि यो फर्म भर्न सकिने छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com