प्रहरी मुख्यालयका थप ४ कर्मचारीमा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३५


प्रकाशित मिति : श्रावण १४, २०७७ बुधबार

नेपाल प्रहरी मुख्यालयका थप चारजना कर्मचारीमा कोरोना भाइरस संक्रमण भएको पाइएको छ । यो सँगै मुख्यालयका प्रहरी र कर्मचारीलाई गरी संक्रमितको संख्या ३५ पुगेको छ ।

सुरुमा सवारी व्यवस्थापन साखाका एक असईमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनको सम्पर्कमा आएका मुख्यालयका सबै कर्मचारी र प्रहीको पीसीआर परीक्षण गरिएको थियो ।

अहिले संक्रमित सबैलाई बलम्बूस्थित एपिएफ अस्पतालमा भर्ना गरिएको छ। आज पुष्टि भएका संक्रमितको पनि पहिले पुष्टि भएका संक्रमितहरूको ट्रेसिङसँ मिलेको बताइएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com