टेक्सासमा तालमा डूबेर २३ बर्षकी अस्मिता खनालको मृत्यु


प्रकाशित मिति : श्रावण १२, २०७७ सोमबार

अमेरिकाको टेक्सासमा तालमा डूबेर २३ बर्षकी नेपाली युवती अस्मिता खनालको मृत्यु भएको छ । आइतबार टेक्साको लेक लेविसभिलबाट उनको शव निकालिएको थियो ।

आइतबार दिउसो ३ बजेतिर उनी तालमा हराएको खबर खोजीदललाई दिइएको थियो । उनी लाइफ ज्याकेटविना नै डुंगाको पछिल्लो भागबाट तालमा खसेको रिपोर्टहरुमा जनाइएको छ ।

अहिले उनको शव टेरान्ट काउन्टीमा मेडिकल एक्जामिनर सेन्टरमा राखिएको छ । उनको मृत्युबारे नेपालमा रहेको परिवारलाई खबर भइसकेको जनाइएको छ ।

उनको सम्झनामा र दाहसंस्कारका लागि गोफण्डमीमा आर्थिक संकलन सुरु गरिएको छ । यदि तपाई पनि सहयोग गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला ।

झण्डै दुई साता अगाडि पनि टेक्सासमा रहेको ब्राजोस नदिमा माछामार्न गएका १९ बर्षका त्रिशरण खत्री र हिकारु गौतमको पानीमा डूबेर मृत्यु भएको थियो । गौतम र खत्री अर्का एकजना भियतनामी साथीसँग माछा मार्न गएका थिए । गौतम पानीमा डूबेपछि बचाउन खोज्दा खत्री आफूपनि डूबेका थिए ।

फोर्टवर्थ निवासी सरिता चौलागाईका छोरा हिकारु गौतम गतबर्षमात्र हाईस्कुल ग्रयाजुएट भएका थिए । सधै मुस्कुराउने स्वभावका त्रिशरण राम्रो फुटवल खेलाडी रहेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com