प्रदेश नम्बर एक : १९ प्रहरीसहित ३१ जनालाई कोरोना संक्रमण पुष्टि


प्रकाशित मिति : श्रावण ११, २०७७ आईतबार

प्रदेश १ प्रहरी कार्यालयका कार्यरत एक महिलासहित १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार प्रदेश १ मा ३१ जनालाई कोरोना भाईरस (कोभिड–१९) पोजेटिभ देखिएकोमा प्रहरी मात्रै १९ जना रहेका हुन् ।

प्रदेश १ प्रहरी कार्यालयका प्रवक्ता दिपक पोखरेलले संक्रमित संख्याका प्रहरीलाई पीयू कोभिड आइसोलेशन अस्पताल गोठगाउँ उपचारका लागि भर्ना गरिएको जानकारी दिनुभयो । उहाँले यस अघि संक्रमण पुष्टि भएका पाँचजनाको सम्पर्क पहिचानसँगै १४६ जनाको स्वाब नमूना संकलन गरिएको थियो । संकलन गरिएका स्वाब परीक्षणकै क्रममा रहेका छन् ।

आइतबार मोरङमा २२ र इलाममा ९ जनालाई संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाले जानकारी दिइएको छ । मोरङमा विराटनगरका तीन महिनासहित २२ जना रहेका छन् । यसैगरी इलाम जिल्लाको इलाम नगरपालिकामा ८ र माई नगरपालिकामा १ जना पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिइएको छ । प्रदेश १ माकोरोना संक्रमितको संख्या ९२२ पुगेको छ ।

प्रदेश १ मा आइतबार १२ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत ८ महिलार ४ पुरुष डिस्चार्ज भएका हुन । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ७४७ पुगेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com