प्रहरी प्रधान कार्यालयका चार जनामा कोरोना संक्रमण


प्रकाशित मिति : श्रावण ११, २०७७ आईतबार

प्रहरी प्रधान कार्यालय, नक्सालस्थित सवारी व्यवस्थापन शाखामा कार्यरत चार जना अधिकारीमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार एक हवल्दारलाई कोरोना संक्रमण पुष्टि भएपछि उनी बस्ने ब्यारेकका अन्य प्रहरीको स्वाब नमुना संकलन गरी पीसीआर परीक्षण गर्दा थप तीन जनालाई पनि संक्रमण देखिएको हो ।

प्रहरी अस्पतालमा गरिएको परीक्षणमा चार जनामा कोरोना पोजेटिभ देखिए पनि थप पुष्टिको लागि टेकु अस्पताल पठाइएको प्रहरीको केन्द्रीय प्रवक्ता नीरजबहादुर शाहीले जानकारी दिए । उनीहरुमा ज्वरोसहितका लक्षण देखिएपछि पीसीआर परीक्षण गरिएको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com