कोरोनाको जोखिम बढ्दै, हल्का रूपमा लिए भयावह बन्ने


प्रकाशित मिति : श्रावण ११, २०७७ आईतबार

सरकारले लकडाउन अन्त्य भएको निर्णय गरेसँगै सडक बजारमा कोरोनाको जोखिम नै सकिएजस्तो गरी चहलपहल बढेको छ । लामो समयदेखि हिँड्डुल नगरेका सर्वसाधरण नागरिक केही दिनयता एकैपटक धेरै सङ्ख्यामा बजार आउँदा चलहपहल बढेको हो ।

लकडाउन सकिए पनि सङ्क्रमित हुनेको सङ्ख्या जिल्लामा थपिने क्रम रोकिएको छैन । दिनहुँ नयाँ सङ्क्रमित देखा पर्दै आएका छन् । दिनहुँ नयाँ सङ्क्रमित देखापर्ने क्रम जारी नै रहेकाले जोखिम कम भयो भन्ने स्थिति छैन । बँेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल भन्नुुहुन्छ, “लकडाउन अन्त्य हुनुको अर्थ हामी सङ्क्रमणमुक्त छौँ भन्ने होइन”, उहाँले भन्नुभयो, “यसलाई हल्कारूपमा लिइयो भने अवस्था झन् भयावह बन्न सक्छ ।”

आगामी दिनमा कोरोनासँगै बाँच्न सिक्नुपर्ने अवस्था आएकाले लकडाउन खोल्न सरकार बाध्य भए पनि नागरिकले भने अझ व्यवस्थित र सुरक्षा सावधानीसहित जीवनशैली अगाडि बढाउनुपर्नेमा बँेसीशहर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मनोजसिंह बोहराले बताउनुभयो ।

कोरोना सङ्क्रमणभन्दा पनि मानिस भोकले मर्ने अवस्था सिर्जना नहोस् भन्दै केही दिनअघि सरकारले लकडाउनको अन्त्य भएको घोषणा गरेता पनि कोरोनाको जोखिम भने अन्त्य भइसकेको छैन । लामो समयसम्म लकडाउनका बेला गर्न नपाएका कामहरु यतिबेला शहर÷बजार जताततै भीडभाड बढी देखिएको छ । शहरबजारमा खुलेका विभिन्न पसलमा भीडभाड हुने क्रम बढ्दै गए पनि सामाजिक दूरी कायमसमेत भएको पाइँदैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कतिपयले लकडाउन सकिएपछि कोरोना भाइरसको महामारी पनि सकिएको भन्ने बुझाइसमेत राख्दै आएका छन् । उनीहरुले कोरोनाको महामारी आउनुभन्दा अघिका समयझै यतिबेला पनि उस्तै सोचाइका साथ कोरोनाका महामारीको ध्यानमा नराख्दा जोखिम बढ्दै गएको छ । यस्ता क्रियाकलापले थप भयावह अवस्था आउन सक्नेतर्फ सचेत नहँुदा थप कोरोना जोखिम बढ्नसक्ने जिल्लावासीको भनाइ छ ।

कोरोनाबाट आफू जोगिन र अरुलाई जोगाउन भौतिक दूरी कायम राख्ने, सरसफाइमा ध्यान दिने, साबुनपानीले हात धुने, मास्क लगाउने, नियमित व्यायामलगायतका क्रियाकलाप गरेमा जोखिम न्यूनीकरण हुनसक्ने चिकित्सकको भनाइ छ । विश्व स्वास्थ्य सङ्गठनले पनि तत्काल कोरोनाको सङ्क्रमणबाट मुक्त हुने अवस्था नरहेको बताउँदै आएको छ ।

कोरोना भाइरसको सङ्क्रमणबाट बच्नका लागि सबैभन्दा पहिला व्यक्तिगत सावधानी नै महत्वपूर्ण छ । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले भन्नुभयो, “यतिबेला लकडाउन पो हटेको हो त जोखिम कहाँ हटेको छ र १ तर पनि जिल्लावासी मास्कसमेत नलगाइ हिँडेको पाइन्छ ।

जिल्लामा कोरोना सङ्क्रमित बढिरहेको छ जोखिम पनि उत्तिकै रहेको छ । नेपाल सरकारले र जिल्ला प्रशासन कार्यालयबाट समेत कोरोनाबाट बच्नका लागि विभिन्न सावधानी अपनाउन आग्रह गर्दै आए पनि नागरिकले भने लागू नगर्दा जोखिम बढ्दै गएको प्रमुख जिल्ला अधिकारी शर्माको भनाइ छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com