विद्यालय रहेका क्वारेन्टिन खाली गरिँदै


प्रकाशित मिति : श्रावण १०, २०७७ शनिबार

पूर्वी चितवनको खैरहनी नगरपालिकाले विद्यालयहरुमा बनाएका क्वारेन्टिन खाली गराउन शुरु गरेको छ । पठनपाठन शुरु हुने अवस्थालाई मध्यनजर गर्दै नगर भित्रका विद्यालयहरुमा बनाएका क्वारेन्टिन हटाउन थालिएको खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरीले बताउनुभयो ।

खैरहनीमा कंकाली मावि, जनजीवन मावि, खैरहनी मावि, कठार मावि, कपिया मावि, गवै मावि, पिद्रहनी चर्च, गोठेश्वर आधारभूत विद्यालय, टुंगारा आधारभूत विद्यालय, जनएकता आधारभूत विद्यालय र सलौली आधारभूत विद्यालयमा क्वारेन्टिन बनाएको छ । डिज्नी पार्क रिसोर्टमा भने शुल्क तिरेर बस्न चाहनेका लागि क्वारेन्टिन बनाएको छ ।

क्वारेन्टिन बनाएको आधारभूत विद्यालय खरखुट्टे खाली गरिएको छ । अब बाँकी क्वारेन्टिन पनि खाली गरिँदै जाने प्रमुख चौधरीले बताउनुभयो । विदेशबाट आउने र कोरोना सङ्क्रमण देखिएका जिल्लाबाट आएकालाई अब राधास्वामी सत्सङ भवन, दुर्गा मन्दिरस्थित पर्सा खानेपानीको भवनमा बनाएको क्वारेन्टिनमा राखिनेछ । खानेपानी भवनको क्वारेन्टिानमा विदेशबाट आएकाहरु बस्न शुरु गरिसकेको छन् ।

साउनभित्र विद्यालय सरसफाई गरेर तयारी अवस्थामा राखिने उहाँले बताउनुभयो । “सरकारले भदौ १ गतेदेखि भर्ना शुरु गर्न निर्देशन दिइसक्यो”, प्रमुख चौधरीले भन्नुभयो, “पठनपाठन सुचारु गराउने गरि हामी तयारी गर्दै छौँ । राधा स्वामी सत्सङ भवनले निःशुल्क रुपमा क्वारेन्टिानलाई ठाउँ उपलब्ध गराएको छ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ठाउँसँगै खानाखाजासमेत सोही संस्था उपलब्ध गराउन तयार भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माले बताउनुभयो । सो संस्थामा मानिस बस्न शुरु गरेपछि खानेपानीको क्वारेन्टिनमा समेत उनीहरुले नै खानाको व्यवस्था गराउन इच्छुक भएको शर्माले जानकारी दिनुभयो । राधा स्वामी भवनमा ३० जना र खानेपानीको भवनमा १८ जना अट्ने क्षमताको क्वारेन्टिन बनाएको हो ।

डिज्नी पार्क रिसोर्ट बाहेक अन्य क्वारेन्टिनमा हाल खैरहनी नगरपालिकाले नै खानाखाजाको व्यवस्था गर्दै आएको छ । यहाँ रहेका क्वारेन्टिनमा हाल ५४ जना छन् । खैरहनीका क्वारेन्टिनमा कोरोनाको पिसिआर रिपोर्ट नेगेटिभ आएका २६१ जना भने घर फिर्ता भईसकेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com