नेपालमा कोभिड–१९ का १३३ जना नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ९८७ जनाको आरटी पीसीआर परीक्षण गरिएकोमा १३३ जनामा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित पत्रकार सम्मेलनमा नेपालमा पछिल्लो चौबीस घण्टामा थपिएका नयाँ सङ्क्रमितसँगै कुल सङ्क्रमितको संख्या १८ हजार ३७४ पुगेको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हाल पाँच हजार ३८३ जनामा कोभिड–१९ को सङ्क्रमण सक्रिय रहेको जानकारी दिनुभयो ।
मन्त्रालयका अनुसार हाल क्वारेन्टिनमा १९ हजार ४४४ जना रहेका छन् । पछिल्लो चौबीस घण्टामा १०७ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । यो सँगै नेपालमा कोरोनामुक्त भएकाको संख्या १२ हजार ९४७ पुगेको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।