चितवनमा चेपाङ्ग समुदायमाथि ज्यादती, कारवाही गर्न मानवअधिकार आयोगको माग


प्रकाशित मिति : श्रावण ९, २०७७ शुक्रबार

चितवनमा लोपोन्मूख चेपाङ्ग समुदायमाथि भएका दुईवटा घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । चितवनको माडी नगरपालिका–९ कुसुमखोलामा २०५३ सालदेखि बसोबास गर्दै आएका सुकुम्बासी चेपाङ्ग समुदायको घरहरूमा चितवन राष्ट्रिय निकुञ्जबाट खटिएको टोलीले निकुञ्जको जग्गा खाली गर्ने भन्दै दुईवटा घरमा आगजनी गर्नुका साथै आठवटा घरहरूमा हात्ती लगाएर भत्काएको तथा राप्ती नगरपालिका–२ का २४ वर्षीय राजकुमार चेपाङ्गको निकुञ्जमा खटिएका नेपाली सेनाले २०७७ साउन १ गते नियन्त्रणमा लिई कुटपीट गरी यातना दिई निजको मृत्यु भएको भनिएका घटनाहरूप्रति आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

उक्त घटनाको सम्बन्धमा आयोगको बागमती प्रदेश कार्यालय सानेपाले अनुसन्धान प्रक्रिया अगाडि बढाइसकेको आयोगले एक विज्ञप्ति मार्फत जानकारी दिएको छ । ‘नागरिकको जीउधन र निकुञ्जको सुरक्षार्थ खटिएका नेपाली सेनाबाट गरिएको भनिएको कार्यको प्रकृतिबाट नेपालको संविधानको धारा १६, २२, ३७, ४२, नेपाल पक्ष राष्ट्र भएको नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, १९६६ को धारा ६, आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, १९६६ को धारा ११ तथा आइएलओ महासन्धि नं. १६९ विपरीत रहेको देखिन्छ । यस प्रकृतिका कार्यबाट व्यक्तिको सम्मानपूर्वक बाँच्न पाउने अधिकार कुण्ठित हुन पुगेको तथा सामाजिक न्याय, आवासकोे हक लगायतका अधिकारहरूको समेत उल्लंघन हुन गएको देखिन्छ,’ आयोगले विज्ञप्तिमा भनेको छ ।

आगजनी गरी, घर भत्काइ विस्थापित तुल्याइएका व्यक्तिहरुको उचित बासको लागि तत्कालै बैकल्पिक व्यवस्था गरी आवासको हक सुनिश्चित गर्न आयोगले माग गरेको छ । त्यस्तै, दुवै घटनाको निष्पक्ष छानविनमार्फत घटनामा संलग्नलाई यथाशीघ्र कानूनी दायरामा ल्याउन तथा मृतक राजकुमार चेपाङ्गको परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन आयोगले नेपाल सरकारलाई आग्रह गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com