अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाऊँ : डा.बाबुराम भट्टराई


प्रकाशित मिति : श्रावण ९, २०७७ शुक्रबार

जनता समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ गएकाे बताउनुभएकाे छ । शुक्रवार बिहान सामाजिक सञ्जाल ट्वीटरमा उहाँले देश गम्भीर संकटतर्फ गएकाे बताउनुहुँदै पाँच सुझाव पेश गर्नुभएकाे छ ।

भट्टराईले सशस्त्रका पूर्व डिआइजी रञ्जन कोइरालालाई सजाय छुट दिएकोमासमेत असन्तुष्टि जनाउनुभएकाे छ । उक्त घटनाप्रति लक्षित गर्दे बाबुरामले न्यायाधीशलाई महाभियोग लगाउन समेत सुझाव दिनुभएकाे छ । उहाँले लेख्नुहुन्छ-‘अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाऊँ ।’

सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले पत्नीको ज्यान मारेर शवसमेत जलाएका सशस्त्रका पूर्वडीआईजी रञ्जन कोइरालालाई कैद मिनाह गरेको थियाे । पूर्वडीआईजी ८ वर्ष ६ महिनामै छुटेपछि बाबुरामले उक्त प्रतिक्रिया दिनुभएकाे हाे ।
जिल्ला अदालत र उच्च अदातलले श्रीमती गीता ढकालको हत्या अभियोगमा रञ्जनलाई जन्मकैद सजाय सुनाएको थियो ।

उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विदा गरेर नेकपाभित्रैबाट नयाँ प्रधानमन्त्री चयन गर्नुपर्ने सुझाव पनि दिनुभएकाे छ । त्यस्तै पूर्वप्रधानमन्त्री भट्टराईले भ्रष्टाचार रोक्न शक्तिशाली लोकपाल गठन गर्नुपर्ने र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिमा जानुपर्ने पनि सुझाव दिनुभएकाे छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बाबुरामले ट्वीटरमा लेख्नुभएकाे छ, ‘देश गम्भीर संकटतिर जाँदैछ। लोकतान्त्रिक ढंगले संकटमोचन गर्न यसो गरौं :१.संसद अधिवेशन बोलाऊँ; २. केपी शर्मा ओलीलाई विदा गरेर नेकपाभित्रैबाट नयाँ प्रधानमन्त्री चयन गरौं; ३.अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाऊँ; ४.भ्रष्टाचार रोक्न शक्तिशाली लोकपाल गठनगरौं; ५.प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिमा जाऊँ!’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com