सुत्केरी बेथाले च्यापेकी महिलालाई बच्चा जन्माउन तीन जिल्ला घुमाइयो


प्रकाशित मिति : श्रावण ८, २०७७ बिहीबार

सुत्केरी बेथाले च्यापेपछि बागलुङ नगरपालिका ८ सिगानाकी आरती मल्ल मंगलबार राति धौलागिरि अञ्चल अस्पतालमा पुगिन्। साँझ ५ बजेदेखि बेथा लागेको थियो। अस्पताल पुग्दा रातको १२ बजेको थियो।

अस्पतालका स्वास्थ्यकर्मीले गर्भ ९ महिना पूरा नभएको र उल्टो बसेको बच्चा निकाल्ने डाक्टर नभएको भन्दै तत्कालै पोखरा रिफर गरे। हतारहतार ट्याक्सी खोजेर उनलाई पोखरातर्फ दौडाइयो। पर्वतको कुश्मा २ नयाँपुलमा पहिरो खसेकाले उनीहरु अघि बढ्न सकेनन्।

‘त्यो अवस्थाको पीडा र छटपटि सम्झँदा पोखरासम्म पनि पुगिएला जस्तो लागेको थिएन्,’ मल्लले भनिन्, ‘फेरी बागलुङ जाउँ भने रिफर गरिसकेकाले उपचार गर्लान भन्ने लागेन् । नजिकै कुश्माको अस्पताल पुग्ने बाटो पनि थिएन् । यसअघि मेरो जस्तै समस्या भएकाको बेनीमा अपरेसन गरेर सुत्केरी गराएको सुनेकाले आशा गरेर यता आएका हौं।’

राति २ बजे बेनी अस्पताल ल्याउँदा बच्चाको खुट्टा पाठेघरबाट बाहिर निस्किसकेको थियो। २१ वर्षीया मल्ल पहिलो पटक सुत्केरी भएकी हुन्। बिहान ३ बजे बच्चा निकालिएको थियो। ९ महिना नपुगेको र बच्चा उल्टो भएको अवस्थालाई चिकित्सकले जोखिमयुक्त मान्छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘परिवारका सदस्यलाई अवस्था जटिल भएकाले आमा र बच्चा मध्ये एकजनालाई बचाउन सकिने जानकारी गरायौं। साथमा गर्भजाँच गराएको कागजपत्र पनि थिएन्,’ बेनी अस्पतालका डाक्टर सागर लामिछानेले भने, ‘परिवारका सदस्यको अनुमतिमा जोखिम मोलेर शल्यक्रियामा जुटेका थियौं। अन्तत दुवैलाई बचाउन सफल भयौं।’।

मल्लले सुत्केरी हुन बागलुङ, पर्वत र म्याग्दी तीन जिल्ला घुम्नु परेको हो । मल्ल र छोराको स्वास्थ्य सामान्य छ। आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com