बन्दाबन्दीमा साढे ३४ हजार नेपाली स्वदेश फर्किए


प्रकाशित मिति : श्रावण ८, २०७७ बिहीबार

कोभिड–१९ का कारण विभिन्न मुलुकमा अलपत्र परेका साढे ३४ हजारभन्दा बढी नेपाली नागरिक स्वदेश फर्केका छन् । गत जेठ २३ गतेदेखि बुधबारसम्म विभिन्न मुलुकबाट उद्धार उडानमार्फत ३४ हजार ६४७ नेपाली स्वदेश फर्किएको कोभिड–१९ सङ्क्रमण व्यवस्थापन केन्द्रले जनाएको छ । गत जेठ २३ गते पहिलोपटक उद्धार उडानमार्फत म्यान्माबाट २६ नेपाली स्वदेश फर्किएका थिए ।

उनीहरुलाई म्यान्माको एयरफोर्स विमानबाट नेपाल फर्काइएको थियो । यस अवधिमा खाडी र मलेशियाबाट सबैभन्दा बढी नेपाली स्वदेश फर्किएका छन् । सो अवधिमा संयुक्त अरब इमिरेट्स (युएइ) बाट सबैभन्दा बढी सात हजार ६१७ नेपाली स्वदेश फिरेका केन्द्रको तथ्याङ्कमा उल्लेख छ । यस्तै साउदी अरेबियाबाट पाँच हजार ६११, कुवेतबाट पाँच हजार ५४९, मलेशियाबाट पाँच हजार ३३३ र कतारबाट तीन हजार ९४१ नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ का कारण नेपालीका प्रमुख श्रम गन्तव्य मुलुक बढी प्रभावित हुँदा त्यहाँबाट स्वदेश फर्कने नेपालीको सङ्ख्या उच्च देखिएको हो । खाडी मुलुक र मलेशियामा मात्रै झण्डै २० लाख नेपाली कार्यरत रहेको अनौपचारिक तथ्याङ्क छ ।

उद्धार उडानमार्फत बहराइनबाट ९८०, बङ्गलादेशबाट ८४१, जापानबाट ७५६, माल्दिभ्सबाट ७०९, अस्ट्रेलियाबाट ६३४, ओमानबाट ४९२ दक्षिण कोरियाबाट ४७६, अमेरिकाबाट ४२३ र थाइल्याण्डबाट ३२६ नेपाली स्वदेश फकिएका छन् । सबैभन्दा बढी नेपाली ध्वजाबहाक नेपाल एयरलाइन्सबाट स्वदेश फर्केका छन् । यस्तै हिमालयन एयरलाइन्स, जजिरा एयरलाइन्स, कतार एयर, मालिन्दो एयर, एयर अरेबिया, टर्किस एयरलाइन्स, मलेशियन एयर, सिल्क एयर, कोरियन एयरलगायतबाट पनि नेपाली स्वदेश फर्किएका हुन् । उद्धार उडानमार्फत स्वदेश आएकालाई विमानस्थलबाट सोझै ‘होल्डिङ सेन्टर’मा राखेर सम्बन्धित स्थानीय तहलाई जिम्मा लगाइएको केन्द्रले जनाएको छ ।

गत जेठ १२ गतेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ विश्वव्यापी सङ्क्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिका कारण स्वदेश आउनै पर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने निर्णय गरेको थियो । सरकारले आगामी भदौ १ गतेदेखि नियमित हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले दैनिक १५ भन्दा बढी उडान गर्ने तयारी थालेको छ । रासस

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com