‘भिसा सेवा सुचारु हुने टाइमलाइन ठ्याक्कै भन्न सक्दैनौं’ : अमेरिकी दूतावास काठमाडौं


प्रकाशित मिति : श्रावण ७, २०७७ बुधबार

यतिबेला धेरैको जिज्ञासा हुनसक्छ, अमेरिकी दूतावास काठमाडौंले भिसा आवेदन सेवा कहिलेदेखि सुचारु गर्छ ? यस्तो जिज्ञासा शान्त पार्न अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत जवाफ दिएको छ ।

अमेरिकी दूतावास काठमाडौंले भिसा आवेदन सेवा र प्रकृया कहिलेदेखि सुचारु होला र कहिलेदेखि अप्वाइन्टमेन्टहरु उपलब्ध होला भन्ने सन्दर्भमा कैयन प्रश्नहरु प्राप्त गरेको जनाएको छ । र जवाफमा भनेको छ – ‘कोभिड १९ को अवस्थाको अनिश्चितताका कारण हामी भिसा सेवा सुचारु हुनेबारे ठ्याक्कै टाइमलाइन दिन सक्दैनौं ।’

अमेरिकी सरकारको नीति अनुशार भिसा आवेदकका साथमा अमेरिकन र नेपाली कर्मचारीको सुरक्षालाई मध्यनजर गरेर सबै नियमित भिसा प्रकृया खारेज गरिएको दूतावासले जनाएको छ । दूतावासले भनेको छ – ‘तर हामी अन्तर्राष्ट्रिय स्वास्थ्य निर्देशिका अनुशार र अमेरिकी सरकारको विदेश मन्त्रालयको नीति अनुशार यथाशक्य छिटो सुचारु गर्नेछौं ।’

कुनै अपडेट प्राप्त भएमा उपलब्ध गराउँदै जाने दूतावासले जनाएको छ । भिसा सेवा खारेज हुँदा त्यसबाट उत्पन्न कठिनता र चिन्ताबारे आफूले बुझेको बताउँदै दूतावासले धैर्य रहन आग्रह गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com