नेपालमा साउन ८ गतेदेखि सबै सार्वजनिक यातायात सञ्चालन हुने


प्रकाशित मिति : श्रावण ६, २०७७ मंगलबार

नेपालमा साउन ८ गतेदेखि छोटा, मझौला तथा लामो रुटका सबै सार्वजनिक यातायात सञ्चालन गर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ, नेपाल यातायात मजदुर सङ्घ, अखिल नेपाल यातायात मजदुर सङ्घ र नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनले घोषणा गरेका छन् ।

मङ्गलबार काठमाडौँमा संयुक्त पत्रकार सम्मेलनको आयोजना गरेर साउन ८ गते बिहीबारबाट सार्वजनिक यातायात सञ्चालन गर्ने जानकारी दिएका हुन् ।

यातायात मजदुरहरूको समूहलाई नेपाल सरकारले ५० प्रतिशत तथा सम्बन्धित व्यवसायीले ५० प्रतिशत बोहोर्ने गरी कोरोना बीमा गरिदिने, यातायात श्रमिकहरूको कोरोनाको कारण मृत्यु भएमा आश्रित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने गरी सरकारको तर्फबाट कोषको व्यवस्थापन गर्ने, सार्वजनिक यातायातमा श्रमिकहरूका लागि आवश्यक रहेको मास्क,पञ्जा, सेनिटाइजर,पिपिई सम्बन्धित व्यवसायीले व्यवस्था गर्ने पत्रकार सम्मेलनमा बताइएको छ ।

नेपाल सरकारको मापदण्ड अनुसार सवारी साधन सञ्चालनको लागि स्वास्थ्य सुरक्षा आवश्यक सुरक्षा सामग्री महासङ्घमा आबद्ध कम्पनी, प्राली, व्यवसायीले व्योहोर्ने गरी सार्वजनिक यातायात सञ्चालन गर्न लागेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

पत्रकार सम्मेलनमा जारी प्रेस विज्ञप्तिमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य, नेपाल यातायात मजदुर सङ्घका अध्यक्ष धर्मराज भण्डारी, अखिल नेपाल यातायात मजदुर सङ्घका अध्यक्ष रामचन्द्र कार्की र नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन भीम ज्वाला राईले हस्ताक्षर गर्नुभएको छ ।

पत्रकार सम्मेलनमा आफूहरूले उठाएको विषयमा सरकारले मौद्रिक नीतिमार्फत सम्बोधन गरेकाले त्यसको प्रभावकारी कार्यान्वयन हुनेमा विश्वास लिएकाले साउन ८ बाट सार्वजनिक यातायात सञ्चालन गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com