उपत्यकामा थप ९ जनासहित १५० सङ्क्रमित


प्रकाशित मिति : श्रावण ६, २०७७ मंगलबार

नेपालमा कोभिड–१९ का १५० जना नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा गरिएको परीक्षणमा जना नयाँ सङ्क्रमितको पुष्टि भएको हो ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो नियमित पत्रकार सम्मेलनमा पछिल्लो चौबीस घण्टामा तीन हजार ९६१ नमूना सङ्कलन गरी परीक्षण गरिएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँ थपिएका बिरामीसँगै नेपालमा कोभिड–१९ सङ्क्रमितको कुल सङ्ख्या १७ हजार ९९४ पुगेको छ । पाँच हजार ४७७ जनामा कोभिड–१९ को सङ्क्रमण सक्रिय रहेको छ ।

पछिल्लो चौबीस घण्टामा ६०९ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केका छन् । ५२९ जना रेड जाेनमा परेका छन् । हालसम्म १२ हजारभन्दा ४७७ सङक्रमित निको भएका छन् । पछिल्लो चौबीस घण्टामा गरिएको परीक्षणमा काठमाडाैंमा ८ जना र ललितपुरमा १ जना सङक्रमित थपिएका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com