ओली-प्रचण्डको समान धारणा: एकता महाधिवेशन गरौँ


प्रकाशित मिति : श्रावण ३, २०७७ शनिबार

k|wfgdGqL k|r08 / cWoIf cf]nLaLr e]6 k|wfgdGqL k’iksdn bfxfn …k|r08Ú / g]skf -Pdfn]_ sf cWoIf s]kL zdf{ cf]nLaLr laxLaf/ l;+xb/af/l:yt ;efd’vsf] sfo{sIfdf e]6jftf{ x’Fb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा एकता महाधिवेशनको प्रस्ताव गरिएको छ । पार्टीमा देखिएको विवाद समाधान गर्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकता महाधिवेशनको समान धारणा राख्नुभएको हो । प्रधानमन्त्री निवासमा शनिबार बसेको सचिवालय बैठकमा एकता महाधिवेशनले अहिलेको समस्या समाधान गर्न सक्ने समान धारणा राखिएको र त्यसका लागि थप गृहकार्य गर्ने सहमति भएको बताइएको छ ।

पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले समस्याको समाधान गर्ने जिम्मा पार्टी अध्यक्षद्वयलाई दिइएको जानकारी दिनुभयो । अहिले राष्ट्रको आवश्यकता के हो ? त्यो सम्बोधन हुुनेगरी पार्टीको आन्तरिक सङ्कट सहमतिका आधारमा कसरी समाधान गर्ने भन्ने विषयमा दुवै अध्यक्षबीच छलफल भइरहेको छ । प्रवक्ता श्रेष्ठले यो बैठकले पनि अझै छलफल गर्न दुवै अध्यक्षलाई जिम्मेवारी दिएको कुरा स्पष्ट पार्नुभयो । पार्टी एकताको रक्षा गर्ने, सुदृढ गर्ने, नेपाली समाजको आवश्यकता के हो रु त्यसको सम्बोधन गर्न जनताले जनादेश दिएकाले सोही अनुसार नै काम गर्ने र पार्टीमा देखिएको सङ्कट समाधान गर्नेगरी अगाडि बढ्ने सहमति भएको तथा त्यसको निकास अध्यक्षद्वयले दिनेगरी जिम्मेवारी दिइएको बताइएको छ । पार्टीमा निकास दिनेगरी छलफल जारी छ । पूर्व निर्धारित कार्यक्रम अनुसार नै आइतबार स्थायी कमिटीको बैठक बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । स्रोतका अनुसार यो सचिवालय बैठक मौजुदा समस्या समाधानतर्फ उन्मुख भएको जनाइएको छ ।

प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने विषय औपचारिक रूपमा बैठकमा नआएको प्रस्ट पार्दै नेताले बैठकमा आफ्नो विचार राख्ने क्रममा आएका कुरा मात्रै रहेका छन्, यद्यपि त्यसको विषयमा पनि पार्टीमा छलफल हुनेछ भन्नुुभयो । केही दिनदेखि अध्यक्षद्वयबीच पटक पटक छलफल भएको छ तर कुनै निकास निस्केको छैन । शनिबारको सचिवालय बैठकले दुवै अध्यक्षबीच छलफल गरेर पार्टीको आन्तरिक विवाद समाधान गर्नेगरी निकास दिन सुझाव दिएको छ । आइतबार अपराह्न ३:०० बजे स्थायी कमिटी बैठक बस्नुअघि अध्यक्षद्वयबीच छलफल हुने बताइएको छ । सचिवालयको बैठकलगत्तै अध्यक्षद्वय ओली र प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास जानुभएको थियो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com