कोरोना संक्रमित ऐश्वर्याका आमाछोरी अस्पताल भर्ना


प्रकाशित मिति : श्रावण ३, २०७७ शनिबार

एजेन्सी । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी अस्पताल भर्ना भएका छन् । स्वास्थ्य निगरानीसहित होम आइसोलेसनमै बसिरहेकी ऐश्वर्यालाई शुक्रबार साँझ मुम्बइस्थित ‘नानावती हस्पिटल’ लगिएको हो । ४६ वर्षीया अभिनेत्रीलाई गत आइतबार कोभिड १९ को परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको थियो । त्यसपछि उनी जाल्सास्थित निवासमै आइसोलेसनमा बसेकी थिइन् ।

ऐश्वर्याका पति अभिषेक बच्चन र ससूरा अभिनेता अमिताभ बच्चनको पनि नानावती हस्पितलमै कोभिड १९ को उपचार भइरहेको छ । गत साता अभिनेता बाबुछोरालाई कोरोनाभाइरस संक्रमण भएको थियो । त्यसको भोलिपल्टै ऐश्वर्याकी ८ वर्षीया छोरी आराध्यलाई पनि कोभिड १९ संक्रमण भएको छ । अमिताभकी पत्नी जया बच्चनको पनि परीक्षण गरिएको थियो । उनको रिपोर्ट भने नेगेटिभ आएको छ ।

न्युज एजेन्सी पीटीआईले अस्पतालको स्रोत उधृत गर्दै ऐश्वर्या र उनकी छोरीलाई चिकित्सकको हेरचाह आवश्यक भएकाले अस्पतालमा भर्ना गरिएको हो। तर उनीहरूको अवस्था अहिले ठीक छ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com