गायिका शीतल पाण्डेको जन्मदिन अनाथ बालिकाहरुसँग


प्रकाशित मिति : श्रावण २, २०७७ शुक्रबार

गायिका तथा अधिवक्ता शीतल पाण्डेले अनाथ तथा असहाय बालिकाहरुसँग आफ्नो जन्मदिन मनाएकी छिन् । परोपकारको क्षेत्रमा सधै अगाडि  पाण्डे जन्मदिन मनाउने नाममा अन्यत्र खर्च गर्नुभन्दा थोरै भएपनि बालिकाहरुको शिक्षा र पालनपालनमा सहयोग हुने भन्दै शिव श्री बाल उद्यानमा जन्मदिन मनाएकी हुन् । यो आश्रममा २८ जना बालिकाहरुले आश्रय लिएका छन् ।

पाण्डे आश्रममा जन्मदिनको खुशी साट्न बालिकाहरुको लागि आर्थिक र खाद्यन्न बोकेर पुगेकी थिइन् । यो आश्रम काठमाण्डौँ कपनमा रहेको छ । पाण्डेले अहिलेसम्म दर्जनभन्दा बढी गितहरुमा स्वर  दिइसकेकी छिन् । पाण्डेका स्वरमा रहेको पछिल्लो राष्ट्रभक्तिपूर्ण गीतले कान्तिपुर अवार्ड समेत जितेको थियो ।

पाण्डेले आर्थिक अवस्था कमजोर भएका पिडित महिलाको लागि निशुल्क रुपमा वकालत गर्दै आएकी छिन् ।  साथै महिला अधिकारका लागि  निरन्तर रुपमा कलम चलाउँदै आएकी छिन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com