नेकपा स्थायी कमिटी बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित


प्रकाशित मिति : श्रावण २, २०७७ शुक्रबार

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक केहि समयका लागि स्थगित भएको छ । शुक्रबार बिहान ११ बजे बालुवटारमा बस्ने भनिएको बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको एक सचिवालय सदस्यले जानकारी दिए ।

अधिकांश स्थायी कमिटी सदस्यहरु बालुवटार पुगेका थिए । तर, अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच केहि समय छलफल हुने भएपछि बैठक केहि समयका लागि स्थगित भएको बताइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com