संक्रमितदर बढ्यो, बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु ?


प्रकाशित मिति : श्रावण १, २०७७ बिहीबार

विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरस तीव्र रुपमा फैलिरहेको छ । छोटो समयमै ठुलो रुप लिएको कोरोनाबाट अहिलेसम्म १ करोड ३९ लाख ४३ हजार संक्रमित भैसकेका छन् । यस्तै, ५ लाख ९२ हजार ६ सय २८ जनाको मृत्यु भैसकेको छ ।

वर्ल्डोमिटरका अनुसार ८२ लाख ७६ हजार उपचारपछि निको भएका छन् । विश्वको २१३ देशमा फैलिएको कोरोनाबाट थोरै देश मात्र यसबाट बच्न सकेका छन् । यस भाइरस गत डिसेम्बर चीनको वुहान शहरबाट फैलिएको बताइन्छ । त्यसपछि इटली, स्पेन हुँदै अहिले अमेरिका र ब्राजिललाई इपिसेन्टर बनाएको छ ।

पछिल्ला दिनहरुमा कोरोनाबाट ब्राजिलमा मृत्युदर उच्च रहेको छ भने संक्रमितदर पनि उच्च रहेको छ । कोरोनाबाट पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ३७ जनाको मृत्यु भएको छ भने २ लाख ४८ हजार नयाँ संक्रमित थपिएका छन् । संक्रमितदर पछिल्ला दिनहरुको तुलनामा कम हो ।

बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो ?

अमेरिका -९६३
ब्राजिल -१२९९
रसिया -१६७
बेलायत -६६
इटली -२०
पेरु -१९८
भारत -६८०
इरान -१९८
चिली -१०४
स्पेन -३
पाकिस्तान -४०
साउदी अरेबिया -४५
मेक्सिको -५७९
क्यानडा -१७
कतार -१
कुबेत -३
टर्की -२१
जर्मनी -९
बंगलादेश -३९
फ्रान्स- १८
बेलारुस -५
बेल्जियम -४
दक्षिण अफ्रिका -२१६
कोलम्बिया -२१५
इक्वेडर -४९
स्विडेन -१०
फिलिपिन्स -२९
पोर्चुगल -३
ओमान -९
युक्रेन -१८
इजिप्ट -५३
इन्डोनेसिया -७६
इराक -९०
पोल्याण्ड -११
पानामा -१८
अफगानिस्तान -१९
बहराइन -४
अर्जेन्टिना -६२
डेमोसियन रिपब्लिक -१२
रोमानिया -१९
नाइजेरिया -९
अर्मेनिया -१५
स्विजरल्याण्ड- १
इजरायल -८
होन्डुरस -१८
बोलिभिया -४४
नेदरल्याण्ड -१
अल्जेरिया -१२
जापान -१
माल्दोभ -७
अजरबैजान -८
आयरल्याण्ड -१
ग्वाटेमाला -५४
सर्बिया -१३
अस्ट्रिया -१
मोरक्को -४
उज्वेकिस्तान -४
क्यामरुन -१४
दक्षिण कोरिया -२
अस्ट्रेलिया -२
केन्या -८
किर्गिस्तान -७
नर्थ मेसोडोनिया -८
सेनेगल -३
बोस्निया -५
प्यालेस्टाइन -७
बुल्गेरिया -४
कोस्टा रिका -२
नर्वे- १
डिआरसी-१
इथियोपिया-२
एल साल्भाडोर -१२
फ्रेन्च गुयना -१
हाइटी -२
मडागास्कर-१०
गुनिया -१
अल्वानिया -३
मौरिटानिया -१
पाराग्वे -२
मलावी -८
माल्दिभ्स -१
लेबनान -२
कंगो -१
यमन -५
इस्वात्तिनी- २
बेनिन -२
जिम्बाबे -३
लाईबेरिया -१७
उरुग्वे -१
लिब्या -३
अंगोला -१
गुयना- १

(एजेन्सीहरुको सहयोगमा)

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com