उपत्यकामा ४२ सहित ११८ सङ्क्रमित, ६ जिल्ला सङ्क्रमण मुक्त


प्रकाशित मिति : असार २६, २०७७ शुक्रबार

नेपालमा पछिल्लो २४ घण्टामा ११८ जनामा कोरोना सङ्क्रमित पुष्टि भएकाे छ । योसँगै कुल सङ्क्रमित १६ हजार ६४९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभएको हो । नेपालमा अहिले सकृय सङ्क्रमित ८३०६ रहेका छन् ।

पछिल्लो २४ घण्टामा चार ८०६ हजार पीसीआर परीक्षण भएकाे छ । हालसम्म २७५२५१ परीक्षण भएकाे छ । क्वारेन्टाइनमा २३ हजार ९१० र आइसोलेसनमा आठहजार ६०३ रहेका छन् ।

आज १२० जना सङ्क्रमित निको भएर डिस्चार्ज हुनुभएको छ । योसँगै आठहजार ११ पुगेको छ । याे कुल सङ्क्रमित भएर निको भएको सङ्ख्याको ४८.२ प्रतिशत हाे । यस्तै, आज काठमाडौँ उपत्यकामा सङ्क्रमित सङ्ख्या ४२ पुगेको छ । काठमाडौँमा २८ जना र ललितपुरमा १३ जना सङ्क्रमित भएका छन् । भत्तपुरमा एकजना सङ्क्रमित पुष्टि भएकाे छ ।

उपत्यकामा बुधबार २३ जना, मंगलबार २८ जना, साेमबार ५४ र आइतबार ३० जना सङ्क्रमित पुष्टि भएकाे थियाे । महाेत्तरी, राैतहट, पाल्पा ,अछाम, कैलाली र बाजुरा जिल्लामा पाँचसय भन्दा बढी उपचाररत रहेकाे उहाँले जानकारी दिनुभयाे । धनकुटा, भोजपुर , सोलुखम्बु, हुम्ला, मनाङ र मुस्ताङ जिल्ला कोरोना सङ्क्रमणमुक्त जिल्ला भएको घोषणा भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com