चिनको चेतावनी -उत्तर कोरियामा कुनै पनि बेला युद्धको अवस्था आउन सक्ने…


प्रकाशित मिति : बैशाख ३, २०७४ आईतबार

चीनले उत्तर कोरियाको पछिल्लो समय बढ्दै गएको रवैया र क्षेप्यास्त्र परिक्षणले विश्वमा ठूलो समस्या पर्दै गएको जनाएको छ । चीनले उत्तर कोरियामा कुनै पनि बेला युद्धको अवस्था आउन सक्ने चेतावनी समेत दिएको छ ।

पछिल्लो समय बढ्दै गएको तनावले यद्धको रुप लिन सक्ने र त्यसले विश्वमा ठूलो असर पार्ने चीनले जनाएको छ । चीनिया विदेश मन्त्रीका अनुसार उत्तर कोरियाको परमाणु कार्यक्रमलाई लिएर अमेरिकाले चासो र चिन्ता व्यक्त गरिरहेका बेला चीनले भने चेतावनी दिएको हो ।

उत्तर कोरियाका विषयमा बढ्दै गएको तनावका कारण हुने युद्धले गर्दा आफ्नो सीमा क्षेत्रमा समस्या आउन सक्ने भन्दै चीनले चिन्ता जनाएको छ । चीनका विदेश मन्त्री वांगले जुनसुकै प्रकारबाट एक अर्कालाई भड्काउने तथा धम्काउने क्रियाकलापले भयावह अवस्था सिर्जना हुन सक्ने भन्दै सबैलाई सजक रहन आग्रह गरेको छ ।

यता अमेरिकाले कोरियाली प्रायद्विपमा आफ्नो एक नौसैनिक युद्धपोत तैनाथ गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com