बुद्ध कृष्ण बाग श्रेष्ठले यसरी छेडेका थिए जिब्रो (फोटो फिचर)


प्रकाशित मिति : बैशाख ७, २०७४ बिहीबार

भक्तपुरको जिब्रो छेड्ने जात्राका क्रममा विगत आठ वर्षदेखि जिब्रो छेड्दै आएका ३८ वर्षका जुजुभाइ बाँस श्रेष्ठले यसबर्ष जिब्रो छेडेनन् । श्रेष्ठले आफूले जात्रालाई निरन्तरता दिन नसक्ने र घरको समस्याका कारण यसबर्ष जिब्रो नछेड्ने घोषणा गरेपछि कस्ले जिब्रो छेड्ला भन्ने जिज्ञासा व्यप्त थियो । कोही पनि तयार नभएमा जात्राले निरन्तरता नपाउने हो कि भन्ने आशंका पनि थियो । तर अन्तत बुद्ध कृष्ण बाग श्रेष्ठले यसपटकको जात्रामा जिब्रो छेडे । उनले यसअगाडि पनि चारपटक सम्म जिब्रो छेडेका थिए । बिस्केट जात्रा अन्तरगत जिब्रो छेड्ने जात्रामा बुद्धकृष्ण बाग श्रेष्ठले कसरी छेडे जिब्रो ? खसोखासका फोटोग्राफर दीपेन्द्र ढुंगानाले खिचेका छन् केही तस्विरहरु ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com