धेरै रिसाउने ब्याक्तिलाई लाग्ने खतरनाक रोग !


प्रकाशित मिति : असार २०, २०७७ शनिबार

धेरै रिस राख्ने हो भने मान्छेलाई रिसले सफलताबाट असफलता तर्फ लैजान्छ । व्यक्ति, परिवार, समाज हुँदै आफ्नो व्यवसाय हरेक काममा रिसले समस्या निम्त्याउन सक्छ । स्वास्थ्यको दृष्टीकोणले पनि रिसलाई राम्रो मानिदैन । मस्तिष्क मात्रै होइन मुटुमा रिसले असर गर्न सक्छ ।

रिसले हाम्रो स्वास्थ्यमा के–के बेफाईदा पु-याउँछ भन्ने कुराको बारेमा डाक्टर ओम मूर्ति अनिलले जानकारी गराएका छन् ।

दुई वर्ष अगाडी अस्पतालमा कसैसँग मेरो भनाभन भयो । मलाई मन नपरेको विषयमा कुरा आएपछि मलाई रिस उठनु स्वभाविक थियो । त्यो वार्तालापमा अप्रिय शब्दहरुको प्रयोग भएको थिएन । एउटा पढेलेखेको व्यक्तिसँग हुने मनमुटाव मात्र भएको थियो । तर पनि मलाई अत्याधिक रिस उठिरहेको थियो ।

त्यो विवादपछि जब म घर आउँदै थिए, गाडी चलाउने क्रममा देब्रेछातीमा असहज महसुस हुन थाल्यो । घर आउने बित्तिकै रिसले मुटुमा कस्तो असर गर्छ भन्ने विषयमा खोजी गर्न थाले ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसैक्रममा मेरो नजर सन् २०१५ मा प्रकाशित एक रिसर्चमा प-यो । त्यो रिसर्चमा ‘रिस उठेको व्यक्तिमा हृदयघात हुन सक्छ’ भनिएको थियो ।अनुसन्धानले के देखाएको थियो भने रिसाउने व्यक्तिमा हृदयघात र मस्तिष्कघातको खतरा दुई देखि तीन गुणासम्म बढ्दो रहेछ ।

सन् २००६ देखि २०१२ सम्म अस्ट्रेलियाको सिड्नीमा गरिएको एक अनुसन्धानमा नागरिकलाई ‘तपाईंलाई हृदयघात हुनुभन्दा २४ घण्टा पहिला रिस उठेको थियो कि थिएन ?’ भन्ने प्रश्न गरिएको थियो । २.२ प्रतिशत व्यक्तिले हृदयघात हुनुभन्दा पहिला एकदमै धेरै रिस उठेको बताए ।

अध्ययन अनुसार रिस नउठेको व्यक्तिभन्दा रिस उठेको व्यक्तिमा ८ गुणा हृदयघात खतरा हुन्छ । यदी तपाईंलाई अचानक धेरै रिस उठ्यो भने हृदयघातको खतरा बढी हुने अध्ययनमा भनिएको थियो । अनुसन्धानमा २९ प्रतिशत हृदयघात परिवारसँग रिस उठ्दा भएको देखिएको थियो । काम गर्ने ठाउँमा, गाढी चलाउँदा, ट्राफिकमा पर्दा रिस उठेर धेरैलाई हृदयघात भएको अनुसन्धानमा उल्लेख थियो ।

तपाईंको मनमा ‘रिसले मात्रै कसरी हृदयघात हुन सक्छ र ?’ भन्ने प्रश्न उब्जिएको होला । रिसजस्तै हृदयघातका पनि केही कारणहरु हुन्छन् । जस्तै कसैलाई फोक्सोको संक्रमण छ । त्यही बेला कहिले काही नराम्रो लाग्यो भने कहिलेकाहीँ त्यसले स्ट्रेसको वातावरण तयार गर्छ र तपाईंलाई हृदयघात हुन सक्छ । कहिले काही औषधि खान छोडदा पनि हृदयघात हुन सक्छ ।

कसैलाई रिस उठ्दा मात्रै पनि हृदयघात हुन सक्ने सम्भावना हुन्छ । तर रिस उठ्दैमा सबैलाई हृदयघात हुन्छ भन्ने पनि छैन । मुटुसम्बन्धी रोग भएको बिरामीलाई रिस उठेको बेलामा हृदयघात हुने सम्भावना धेरै हुुन्छ । कसैलाई मधुमेह, उच्च रक्तचाप, धुम्रपान गर्ने बानी, उच्च क्लोस्टोर भएका व्यक्तिलाई रिस उठ्यो भने हृदयघात हुने सम्भावना बढी हुन्छ ।

तर कहिलेकाहीँ पूर्ण रुपले स्वस्थ व्यक्तिलाई पनि हृदयघात हुनसक्छ । यो कुरा पत्याउन गाह्रो भए पनि अनुसन्धानले रिसले स्वस्थ व्यक्तिलाई पनि हृदयघात हुन सक्ने प्रमाणित गरेको छ ।

रिस उठने बित्तिकै हाम्रो शरीरमा विभिन्न हर्माेनहरु उत्पादन हुन्छन् । रिस उठदा हामी आफैलाई पनि हाम्रो शरीरमा केही फरक भएको महसुस हुन्छ । पसिना आउँने, हात खुट्टा काप्ने हुन्छ, त्यो हर्माेनहरु परिवर्तनको कारणले भएको हो । हर्माेनहरुको स्तर बढ्यो भने ब्लड पेसर बढ्नुका साथै मुटुको रक्तनलीहरु साधुरो हुन्छन् ।

रक्तनली साघुरो बन्न साथ क्लटीङटेण्डेसी पनि बढाउँछ । त्यसपछि रिसले रक्तको प्रवाहमा समस्या आउन थाल्छ । मुटुको रक्तनलीहरुमा कोलेस्ट्रोल विभिन्न तहमा जमेर बसेको हुन्छ । हाम्रो भाषामा यसलाई प्ल्याक भन्छौँ । रिसको परिणामस्वरुप त्यो प्ल्याक रप्चर हुन्छ । रप्चर भएपछि त्यो क्लट भएर जम्न पुग्छ । यसै त रिसको कारणले क्लटिङटेण्डेसी बढेको हुन्छ । क्लट बने पछि मुटुको रक्तनली बन्द हुन्छ र हृदयघात हुन्छ ।

सबै व्यक्तिमा कोलेस्ट्रोर लेयर मुटुमा हुन्छ । यो फुट्न समय लाग्दैन । एउटा सानो घटना, एउटा नकरात्मक निर्णय र एउटा नकरात्मक कार्यक्रम अर्थात रिसले तपाईंको जिन्दगी बर्बाद हुनसक्छ ।

कहिलेकाहीँ हामी परिवारका सदस्यनै हृदयघातको कारण बन्नसक्छौँ । त्यसैले हामी कसैको पनि हृदयघातको कारण नबनौँ । व्यक्ति आफैले पनि रिसले आफैलाई नोक्सान पु¥याउँछ भन्ने कुराको बारेमा पनि जानकारी राख्न जरुरी हुन्छ । सकेसम्मे रिसलाई धेरै नियन्त्रण गर्ने प्रयास गर्नुहोस् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com