संक्रमितदर उच्च, बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु ?


प्रकाशित मिति : असार १९, २०७७ शुक्रबार

विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरस तीव्र रुपमा फैलिरहेको छ । छोटो समयमै ठुलो रुप लिएको कोरोनाबाट अहिलेसम्म १ करोड ११ लाख ९० हजार संक्रमित भैसकेका छन् । यस्तै, ५ लाख २९ हजार १ सय १३ जनाको मृत्यु भैसकेको छ ।

वर्ल्डोमिटरका अनुसार ६२ लाख ९७ हजार उपचारपछि निको भएका छन् । विश्वको २१३ देशमा फैलिएको कोरोनाबाट थोरै देश मात्र यसबाट बच्न सकेका छन् । यस भाइरस गत डिसेम्बर चीनको वुहान शहरबाट फैलिएको बताइन्छ । त्यसपछि इटली, स्पेन हुँदै अहिले अमेरिका र ब्राजिललाई इपिसेन्टर बनाएको छ ।

पछिल्ला दिनहरुमा कोरोनाबाट ब्राजिलमा मृत्युदर उच्च रहेको छ भने संक्रमितदर पनि उच्च रहेको छ । कोरोनाबाट पछिल्लो २४ घण्टामा ५ हजार १ सय ७० जनाको मृत्यु भएको छ भने २ लाख ९ हजार नयाँ संक्रमित थपिएका छन् । संक्रमितको संख्या एकैदिन अहिलेसम्मकै धेरै हो ।

बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो ?

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिका -६१६
ब्राजिल -१२६४
रसिया -१७६
बेलायत -१३६
स्पेन -१७
इटली -१५
पेरु -१८१
भारत -४४४
फ्रान्स -१८
इरान -१५४
चिली -१३१
टर्की -१९
जर्मनी -९
पाकिस्तान -७९
मेक्सिको -६७९
साउदी अरेबिया -५०
बंगलादेश -४२
क्यानडा -२१
कुबेत -१
बेलारुस -७
बेल्जियम -४
दक्षिण अफ्रिका -१०८
कोलम्बिया -१३६
कतार -३
यूएई -१
पोर्चुगल-११
ओमान -५
युक्रेन -२७
इजिप्ट -८१
स्विडेन -१२
इन्डोनेसिया- ४९
इक्वेडर-६१
इराक -१०२
पोल्याण्ड -१५
पानामा -३१
फिलिपिन्स -६
अफगानिस्तान- १२
अर्जेन्टिना ३२
डेमोसियन रिपब्लिक- १०
रोमानिया -२१
बहराइन -१
नाइजेरिया -१२
इजरायल -२
होन्डुरस -४९
बोलिभिया -७०
अर्मेनिया-१०
आयरल्याण्ड -२
अल्जेरिया- ९
नेपाल -१
मोरक्को -१
डिआरसी -३
उज्वेकिस्तान -२
सुडान -२
आइभरी कोस्ट -२
माल्दोभ -१२
अजरबैजान -७
ग्वाटेमाला -६३
जापान -१
सर्बिया -११
सेनेगल -४
नर्थ मेसोडोनिया -७
भेनेजुयला -२
गाबोन -२
बुल्गेरिया- ७
किर्गिस्तान -१०
हाइटी -३
केन्या -२
फिनल्याण्ड -१
एल साल्भाडोर -११
बोस्निया -२
प्यालेस्टाइन -२
इक्वेटेरियल गुनिया -१९
हंगेरी -१
सिएआर -१
अल्वानिया -३
क्रोएसिया -२
मडागास्कर -२
लिथुवानिया -१
गुनिया बिसाउ- १
कंगो -२
सियरा लियोनी -३
यमन -१०
लिब्या -१
जोर्डन -१
इस्वातिनी -२
अंगोला -१
मोन्टेग्रो- १
सिरिया -१
(एजेन्सीहरुको सहयोगमा)

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com