कोरोनाको नयाँ भर्सन जी ६१४ : बढी संक्रमक तर कम रोगजनक


प्रकाशित मिति : असार १९, २०७७ शुक्रबार

कोरोना भाइरसको नयाँ भर्सन जी ६१४ एकदम छिटो धेरैमा फैलिने प्रकृतिको रहेको तर कमलाई बिरामी बनाउने खालको रहेको एक ग्लोबल अध्ययनले निष्कर्ष निकालेको छ । शोधकर्ताहरुको अन्तर्राष्ट्रिय टिमले बिहिबार निकालेको निष्कर्षमा भाइरसको नयाँ परिवर्तित रुपले धेरैमा सहजै फैलिने तर सुरुतिरको प्रकारका तुलनामा कमलाई सिकिस्त बिरामी पार्ने जनाइएको छ ।

कोरोना भाइरस इम्युनोथेरापी कन्सोर्टिएम र ला जोला इन्स्टीच्युट फर इम्युनोलोजीकी एरिका ओलम्यान सफायरले कोरोना भाइरस मान्छेलाई संक्रमित गर्ने प्रमुख शक्ति भएको बताएकी छिन् । उनले अहिले भाइरसको स्वरुप संक्रमक तर कम आक्रमक र रोगजनक भएको बताएकी छिन् ।

उक्त अध्ययन प्रतिवेदन जर्नल सेलमा प्रकाशित छ ।

चार्टमा पुरानो ओरिजिनल भर्सनलाई पहेंलो र नयाँ भर्सनलाई निलो रंगले संकेत गरिएको छ ।

कोरोना भाइरसको परिवर्तिन भर्सन पहिलेका भर्सनको तुलनामा बढी संक्रामक रहेको अध्ययनका क्रममा गरिएको विभिन्न खाले परीक्षणहरुबाट पुष्टी भएको छ । भाइरसको अहिलेको स्वरुप फिटर भएकोबारे आफूलाई थाहा नभएको तर पहिलो नजरमा यो त्यती खराब नदेखिएको सफायरको भनाई छ ।

मार्च १ अगाडि कोरोनाको ओरिजिनल भर्सन बढी थियो । तर मार्चको अन्तिम साता नयाँ भर्सन बढेको देखिन्छ ।

संक्रमित कोषमा जानका लागि भाइरसले प्रयोग गर्ने म्युटेशन संरचनाले प्रोटिन बृद्धिमा असर पार्ने र अहिले शोधकर्ताहरुले भाइरसलाई खोपले नियन्त्रण गर्न सक्ने नसक्नेबारे अध्ययन गरिरहेको जनाइएको छ । अहिले बनिरहेका खोपहरु प्राय स्पाइक प्रोटिनलाई लक्षित छन् तर यी खोपहरु कोरोना भाइरसको पुरानो भर्सनलाई प्रयोग गरेर बनाइएका हुन् ।

विश्वब्यापी रुपमा पुरानो र नयाँ भर्सनको फैलावट टाइमलाइनसहित

शोधकर्ताहरुले भाइरसको नयाँ म्युटेसनलाई जी ६१४ नामाकरण गरेका छन्, जसले युरोप र अमेरिकामा सुरुतिर फैलिएको भाइरसको पुरानो संस्करण डी ६१४ लाई लगभग सम्पूर्ण रुपमा विस्थापित गरिसकेको छ । नयाँ भर्सनले मान्छेलाई सिकिस्त बनाउने दर कम भएकाले यसलाई बेलायतको युनिभर्सिटी अफ वारवीककी प्रोफेसर लरेन्स यंगले राम्रो खबर हुनसक्ने बताएकी छिन् ।

अमेरिकामा भाइरसको पुरानो भर्सन लगभग विस्थापित भइसकेको देखिन्छ ।

शोधकर्ताको टिमले अमेरिका र युरोपका बिरामीहरुबाट नमुनाहरु संकलन गरेर परीक्षण गरेका थिए भने जिनोमहरुलाई अनुक्रमित गरेका थिए । सार्वजनिक रुपमा नै शेयर गरिएका जिनोमका अनुक्रमहरुसँग तुलना गर्दा शोधकर्ताहरुलाई दुई प्रकारका भाइरसको फैलावट तुलनात्मक अध्ययन गर्न सहज भएको थियो ।

भाइरसको नयाँ संस्करण पुरानोको तुलनामा तीनदेखि ९ गुणा संक्रामक रहेको जनाइएको छ । तर ब्रिटेनमा भाइरसको नयाँ संस्करणबाट संक्रमित एकहजारको अध्ययन गर्दा त्यसको प्रभाव ओरिजिनल भाइरसबाट संक्रमित बिरामीको तुलनामा कम खराब देखिएको थियो ।

अष्ट्रेलियामा पनि भाइरसको पुरानो भर्सन लगभग विस्थापित भइसकेको देखिन्छ ।

भाइरसको नयाँ संस्करणलाई कोरोना संक्रमण भएर निको भएका बिरामीका रगतबाट निकालिने शेरमबाट तटस्थ बनाउन सकिने शोधकर्ताहरुले बताएका छन् । शोधकर्ताको टिमले क्यालिफोर्नियाको शान डिएगोमा कोरोना संक्रमणबाट निको भएका ६ बिरामीले दान गरेको रगतबाट परीक्षण गरेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com