अमेरिकामा एकैदिनमा ५० हजार बढीमा कोरोना संक्रमण, महामारी सुरु भएयताकै उच्च


प्रकाशित मिति : असार १७, २०७७ बुधबार

अमेरिकामा बुधबार कोरोना संक्रमण पुष्टी हुनेको संख्या ५० हजार नाघेको छ । अमेरिकामा कोरोनाको महामारी सुरु भएयताकै यो सबैभन्दा उच्च दर हो ।

बुधबार क्यालिफोर्नियामामात्र कोरोना संक्रमण पुष्टी हुनेहरुको संख्या झण्डै १० हजार पुगेपछि बुधबारमात्र अमेरिकाभर संक्रमितको संख्या ५२ हजार ७ सय ८८ पुगेको हो । टेक्सास, जर्जिया, एरिजोना र नर्थ क्यारोलिनाले पनि उच्च दरमा संक्रमितको संख्या रिपोर्ट गरेका छन् ।

अब अमेरिकाभर कोरोना संक्रमण हुनेको संख्या २६ लाख नाघिसकेको छ । अमेरिकामा ५० मध्ये ४५ वटा राज्यमा गतहप्ताको तुलनामा कोरोना संक्रमितको संख्या बढेको छ ।

यसैबीच अमेरिकामा कोरोना संक्रमितको संख्या हरेक दिन एकलाखसम्म पुग्नसक्ने अमेरिकाका बरिष्ठ प्रतिरक्षा बैज्ञानिक एन्थोनी फाउचीले चेतावनी दिएका छन् । सिनेटको कमिटिमा बयान दिदै उनले यदि अमेरिकामा हरेक दिन संक्रमण पुष्टी हुनेको संख्या एकलाख पुगेमा आश्चर्यचकित हुन नपर्ने बताएका छन् ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

उनले भनेका छन् – ‘अहिले जे भइरहेको छ त्यो प्रति म सन्तुष्ट छैन । किनभने हामी गलत दिशातिर गइरहेका छौं ।’

अहिले दैनिक औषतमा अमेरिकामा झण्डै ४० हजार कोरोना संक्रमण पुष्टी भइरहेको र अहिले भइरहेका गल्ती नसच्याए यो संख्या तीब्र गतिमा बढ्ने उनले चेतावनी दिएका हुन् । अमेरिकामा विभिन्न भागमा फैलिएको महामारीले सिंगै अमेरिकालाई जोखिममा राखेको उनको भनाई छ ।

कैयन राज्यहरुले संघीय सरकारको गाइडलाइन पालना नगरेका कारण कोरोना संक्रमणको नयाँ हटस्पट बन्दै गएको उनले बताएका थिए । उनले टेक्सास, फ्लोरिडा र एरिजोनाको उदाहरण समेत दिएका थिए ।

पछिल्लो समयमा यी लगायतका केही राज्यमा कोरोनाको संक्रमण पुष्टी हुनेहरुको संख्या ह्वात्तै बढेको छ । अहिले पनि कैयन राज्य र स्थानीय स्तरमा सामाजिक दुरीको नियम र अनुहारमा मास्क अनिवार्य लगाउनुपर्ने नियमको पालना नभएकोप्रति उनले चिन्ता व्यक्त गरेका छन् ।

उनले भनेका छन् – ‘म ठ्याक्कै भविश्यवाणी त गर्न सक्दिन । तर निकै खराब अवस्था आउनेवाला छ । म ठोकुवाका साथ भन्छु कि मुलुकको कुनै एउटा भागमा महामारी फैलिदा राम्रो गरिरहेको अर्को भागलाई समेत जोखिममा पार्छ ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com