KHASOKHAS ON GOOGLE NEWS Fact Checking Stories of Hope Resource Center Donate to Khasokhas KHASOKHAS MAGAZINE Terms of Service/Privacy Policy (English)

अमेरिकामा कोरोना संक्रमितको संख्या हरेक दिन एकलाखसम्म पुग्नसक्ने चेतावनी

प्रकाशित मिति : असार १६, २०७७ मंगलबार

अमेरिकामा कोरोना संक्रमितको संख्या हरेक दिन एकलाखसम्म पुग्नसक्ने अमेरिकाका बरिष्ठ प्रतिरक्षा बैज्ञानिक एन्थोनी फाउचीले चेतावनी दिएका छन् । सिनेटको कमिटिमा बयान दिदै उनले यदि अमेरिकामा हरेक दिन संक्रमण पुष्टी हुनेको संख्या एकलाख पुगेमा आश्चर्यचकित हुन नपर्ने बताएका छन् ।

उनले भनेका छन् – ‘अहिले जे भइरहेको छ त्यो प्रति म सन्तुष्ट छैन । किनभने हामी गलत दिशातिर गइरहेका छौं ।’

अहिले दैनिक औषतमा अमेरिकामा झण्डै ४० हजार कोरोना संक्रमण पुष्टी भइरहेको र अहिले भइरहेका गल्ती नसच्याए यो संख्या तीब्र गतिमा बढ्ने उनले चेतावनी दिएका हुन् । अमेरिकामा विभिन्न भागमा फैलिएको महामारीले सिंगै अमेरिकालाई जोखिममा राखेको उनको भनाई छ ।

कैयन राज्यहरुले संघीय सरकारको गाइडलाइन पालना नगरेका कारण कोरोना संक्रमणको नयाँ हटस्पट बन्दै गएको उनले बताएका थिए । उनले टेक्सास, फ्लोरिडा र एरिजोनाको उदाहरण समेत दिएका थिए ।

पछिल्लो समयमा यी लगायतका केही राज्यमा कोरोनाको संक्रमण पुष्टी हुनेहरुको संख्या ह्वात्तै बढेको छ । अहिले पनि कैयन राज्य र स्थानीय स्तरमा सामाजिक दुरीको नियम र अनुहारमा मास्क अनिवार्य लगाउनुपर्ने नियमको पालना नभएकोप्रति उनले चिन्ता व्यक्त गरेका छन् ।

उनले भनेका छन् – ‘म ठ्याक्कै भविश्यवाणी त गर्न सक्दिन । तर निकै खराब अवस्था आउनेवाला छ । म ठोकुवाका साथ भन्छु कि मुलुकको कुनै एउटा भागमा महामारी फैलिदा राम्रो गरिरहेको अर्को भागलाई समेत जोखिममा पार्छ ।’

KHASOKHAS TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar
© 2012-2020 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com