‘एक घर, एक धारा’


प्रकाशित मिति : असार १६, २०७७ मंगलबार

बागलुङको गलकोट नगरपालिका र बागलुङ नगरपालिका–९ मा बृहत् खानेपानी आयोजना शुरुआत भएको छ । ‘एक घर, एक धारा’ को लक्ष्यसहित आयोजनाको काम अगाडि बढाइएको हो । ‘गलकोट बृहत् खानेपानी आयोजना’को बागलुङ–२ का सांसद देवेन्द्र पौडेलले आइतबार ‘भर्चुअल’ माध्यमबाट आयोजनाको शिलान्यास गर्नुभएको थियो । बागलुङ नगरपालिका–९ को ‘तित्याङ–ढुलाढुङ्गा–नुवारा बहृत खानेपानी आयोजना’मा पनि केही दिनअघि काम थालिएको छ । खानेपानी मन्त्रालय अन्तर्गत बन्न लागेका दुवै आयोजना बहुवर्षीय हुन् ।

गलकोटको लागत रु। १५ करोड र तित्याङको रु। सात करोड छ । दुवै आयोजनाको सर्वे सकेर उपभोक्ता समिति निर्माणतिर लागेको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका सिनियर इन्जिनियर शेखरचन्द्र केसीले बताउनुभयो । गलकोटको आयोजनाबाट वडा नं। ३, ५ र ७ का झण्डै १२ सय घरधुरीले लाभ लिने उहाँको भनाइ छ । “यो आयोजनामा ११ साना ‘स्किम’ छन्, वडा नं। ७ मल्मको एउटा ‘स्किम’बाट काम शुरु भएको छ”, उहाँले भन्नुभयो । सो आयोजनाको ‘ट्रान्समिसन पाइपलाइन’ १७ किमि र वितरण ‘पाइपलाइन’ ३२ किमि छ । यस्तै १० देखि १५० घनमिटरसम्मका ट्याङ्की, इन्टेकलगायतका संरचना बन्ने आयोजना कार्यालयले जनाएको छ । गलकोट नगरपालिका–७ का अध्यक्ष टीकाबहादुर थापाले आयोजना बनेपछि मल्मसहित वडा नं। ३ हटिया र ५ हरिचौरमा खानेपानीको सहज सुविधा पुग्ने बताउनुभयो ।

मल्म, ढुङ्गेखानीस्थित खानेपानीको पुरानै मुहानबाट नयाँ आयोजना विस्तारको काम शुरु भएको उहाँको भनाइ छ । ‘तित्याङ–ढुलाढुङ्गा–नुवारा बहृत् खानेपानी आयोजना’बाट ५७२ घरधुरीका करिब ३८ सय जना लाभान्वित हुने भएका छन् । सो आयोजनामा पनि १० देखि ५० घनमिटरसम्मका ट्याङ्की निर्माण हुने उपभोक्ता समितिले जनाएको छ । आयोजनाको ‘ट्रान्समिसन पाइपलाइन’ ७ किमि र वितरण ‘पाइपलाइन’ १७ किमि छ । दुवै आयोजना आगामी तीन वर्षभित्र सक्ने लक्ष्य रहेको सिनियर इन्जिनियर केसीले बताउनुभयो । आगामी आवमा गलकोटको आयोजनाका लागि रु। ५० लाख र तित्याङको लागि रु। ३० लाख बजेट छुट्टिएको छ । काम नसकुञ्जेल क्रमागत रुपमा बजेट आउने आयोजना कार्यालयले जनाएको छ ।

बागलुङ नगरपालिका–९ का अध्यक्ष गणेश थापामगरले स्रोत भएर पनि समयमा आयोजना नबन्दा खानेपानीको समस्या निम्तने गरेको बताउनुभयो । बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले नगरभित्रका सबै घरमा धारा निर्माण गर्न सङ्घ र प्रदेश सरकारसँगको समन्वयमा काम भइरहेको बताउनुभयो । उहाँले शुरु भएका आयोजनालाई अलपत्र पर्न नदिइने उल्लेख गर्नुभयो । सांसद देवेन्द्र पौडेलले घरघरै खानेपानीको सहज पहुँच विस्तार गर्ने सरकारी नीति रहेको जानकारी दिनुभयो । “अहिले बन्न लागेका आयोजना पनि ‘एक घर, एक धारा’ अभियान अन्तर्गतकै हुन्”, उहाँले भन्नुभयो । खानेपानी मन्त्रालयको लगानीमा जिल्लामा २० आयोजना सञ्चालित छन् । तीमध्ये १५ वटा क्रमागत र पाँच नयाँ आयोजना हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ती आयोजनाका लागि आगामी आवमा रु ३३ करोड २६ लाखभन्दा बढी बजेट छुट्टिएको छ । प्रदेश सरकार र स्थानीय तहको लगानीमासमेत कैँयन खानेपानी आयोजना निर्माणाधीन छन् । प्रदेश सरकारले पनि आगामी दुई वर्षभित्रमा गण्डकीका सबै घुरधुरीमा आधारभूत खानेपानी सुविधा पु¥याउने लक्ष्य लिएको छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com