साप्ताहिक ६ सय डलरको बेरोजगारी रकम जुलाई ३१ अगाडि नै रोकिने


प्रकाशित मिति : असार १३, २०७७ शनिबार

अमेरिकामा कोरोनाको महामारीका कारण काम गुमाएकाहरुलाई सरकारले बेरोजगारी विमा रकम वा महामारी वेरोजगारी सहायताका अतिरिक्त साप्ताहिक रुपमा उपलब्ध गराउदै आएको ६ सय डलर जुलाई ३१ अगाडि नै रोकिने भएको छ । बिलमा जुलाई ३१ सम्म यो रकम प्रदान गरिने उल्लेख भएपनि अधिकांश राज्यमा यो रकम जुलाई २५ वा २६ बाट नै रोकिने भएको छ ।

अब यो रकम अहिलेको साता बाहेक आगामी ४ हप्तामात्र प्राप्त हुनेछ । त्यसपछि बेरोजगारी विमा वा महामारी वेरोजगारी सहायता रकमका अतिरिक्त साप्ताहिक ६ सय डलर आउन रोकिनेछ । कतियले यो रकम जुलाई ३१ सम्म नै प्राप्त हुने अपेक्षा गरेपनि त्यो अगाडिको शनिबार वा आइतबार नै राज्यहरुले अन्तिमपटक यो रकम पठाउने भएका छन् ।

डेमोक्र्याट्सहरुले यो साप्ताहिक ६ सय डलर सन् २०२१ को जनवरीसम्म नै बढाउनुपर्ने प्रस्तावसहित संसदको तल्लो सदनबाट बिलसमेत पारित गरेका छन् । तर यो बिलमा रिपब्लिकनहरुको असहमति भएका कारण सिनेटबाट पारित हुन सकेको छैन ।

रिपब्लिकनहरु काममा फर्कनेहरुलाई बोनस दिने पक्षमा रहेका छन् । साप्ताहिक ६ सड डलर रकम दिने अवधि बढाउँदा अमेरिकामा रोजगारमा फर्कन धेरै कामदारहरु अनिच्छुक हुने भन्दै रिपब्लिकनहरुले यो रकम दिने अवधि बढाउन नहुने तर्क गरिरहेका छन् ।

जुलाई १७ भन्दा अगाडि सिनेटमा काममा फर्कने सम्भाजना नभएकाले यसबारे सिनेटले कदम चाल्ने सम्भावना कम रहेको छ । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १२ सय डलरको एकमुष्ठ राहत अर्को चरणमा पनि पठाउने कुरामा ग्रिनसिग्नल दिइसकेका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com