विपद् जोखिम न्यूनीकरण गर्न घरघरमा सुरक्षा सचेतना


प्रकाशित मिति : असार १३, २०७७ शनिबार

फाईल फोटो

विपद् जोखिम न्यूनीकरण गर्न खोटाङमा सुरक्षा सचेतना अभियान शुरु गरिएको छ । वर्षायाम शुरु भएसँगै निम्तिने प्राकृतिक विपत्तिबाट सर्वसाधारणको जीउधनको रक्षा गर्न समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत शुक्रबारदेखि सुरक्षा सचेतना अभियान शुरु गरिएको हो ।

भूकम्प, बाढी/पहिरो, चट्याङ, डुबान, आगलागीलगायत वर्षायाममा हुनसक्ने प्राकृतिक विपत्तिबाट जिल्लावासीको जीवन रक्षा गर्ने उद्देश्यले सुरक्षा सचेतना अभियान थालिएको जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए । “सुरक्षा सचेतना अभियानका क्रममा खोटाङका ४२ हजार ६४७ घरधुरीमा पुगेर सुरक्षा सचेतनासम्बन्धी सचेतनामूलक पुस्तिका वितरण गरिनेछ”, उनले भने, “भूकम्प, आगलागी, बाढी/पहिरो तथा डुबानलगायत प्राकृतिक विपत्तिबाट सर्वसाधारणको जीवन रक्षा गर्न हरेक नागरिकका घरमा पुगेर सन्देशमूलक पुस्तिकासहितको सचेतना अभियान थालिएको हो ।”

जिल्लाका नागरिक काम विशेषले तराई वा लेकाली क्षेत्रमा समेत पुग्ने भएकाले शीतलहर र लेक लाग्नबाट बच्ने उपायका बारेमा समेत जानकारीमूलक कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । बन्दाबन्दीको समयमा समुदाय केन्द्रित कार्यक्रम गर्ने अवस्था नहुँदा घरघरमा पुगेर सचेतनामूलक कार्यक्रम गर्ने निर्णय गरिएको हो । जिल्लाका दश स्थानीय तहमध्ये हालसम्म छवटा स्थानीय तहको सहयोगमा २२ हजार ५०० घरपरिवारलाई पुग्ने सचेतनामूलक पुस्तिका प्रकाशन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक नारायण चिमोरियाले बताए । “अन्य स्थानीय तहको सहयोगमा थप पुस्तिका प्रकाशन गरिनेछ”, उनले भने, “प्राकृतिक विपत्ति आइपर्ने समय शुरु भएकाले सुरक्षा सचेतना अभियान शुरु गरिएको हो ।”

जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजालले प्रनाउ चिमोरियालाई सचेतनामूलक पुस्तिका हस्तान्तरण गरे । संविधानसभा सदस्य दुर्गाजयन्ती राईको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमका वक्ताले विपद् जोखिम न्यूनीकरणसम्बन्धी सचेतना पुस्तिका अध्ययन गर्न सर्वसाधारणलाई आग्रह गरेका छन् । रासस

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com