टेक्सासमा सर्प्राइज बर्थडे पार्टी गर्दा एकै परिवारका १८ मा कोरोना, एकजना भेन्टिलेटरमा


प्रकाशित मिति : असार १२, २०७७ शुक्रबार

अमेरिकाको टेक्सासमा सर्प्राइज बर्थडे पार्टी गर्दा एकै परिवारका १८ जनामा कोरोना संक्रमण भएको पुष्टी भएको छ । परिवारका एकजनामा कोरोना संक्रमण भएको थियो तर उनलाई कोरोना संक्रमण भएको थाहा थिएन । जब बर्थडे पार्टी आयोजना गरियो, अरु १७ जनामा संक्रमण भएको छ ।

मे ३० मा कोरोना संक्रमण हुन थालेको जनाइएको छ । संक्रमित एकजनाबाट सुरुमा ७ जनामा संक्रमण भएको र त्यसपछि अरु १० जनामा फैलिएको जनाइएको छ । संक्रमितमध्ये एकजनालाई भेन्टिलेटरमा राखिएको छ भने अरु दुईजनालाई पनि अस्पतालमा नै भर्ना गरिएको छ ।

८८ बर्षका बृद्धलाई भेन्टिलेटरमा राखिएको हो भने ८६ बर्षकी बृद्धालाई पनि अस्पतालमा भर्ना गरिएको छ । अस्पतालमा भर्ना गरिएकी अर्की महिला क्यान्सरको बिरामी रहेको जनाइएको छ ।

टेक्सासमा अहिलेसम्म कोरोना संक्रमितको संख्या १ लाख ४१ हजार नाघेको छ भने २३६५ जनाको मृत्यु भएको छ । टेक्सासमा पछिल्लो दिनमा संक्रमितको संख्या बढेपछि टेक्सास खोल्ने योजना तत्कालका लागि स्थगित गरिएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com