स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित


प्रकाशित मिति : असार १२, २०७७ शुक्रबार

नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा जारी छ । तर, आजको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली भने उपस्थित छैनन्। बैठक सञ्चालनको जिम्मा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेललाई दिएर प्रधानमन्त्री शर्मा ओली बालुवाटारमै अन्य काममा व्यस्त रहेको नेकपा स्रोतले बताएको छ ।

ओलीले बुधबार बैठकमा सम्बोधन गरेका थिए । उनले सबैबाट घेरामा हालिएको बताउँदै पार्टीबाटै असहयोग भएको बताएका थिए । आज शुक्रबारदेखि विभिन्न एजेन्डामै छलफल हुने कार्यसूचि रहेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com