जातीय विभेद विरुद्ध सचेतना जगाउने गीत ‘समान सबै जात हजुर’ सार्वजनिक


प्रकाशित मिति : असार ९, २०७७ मंगलबार

(In English) जातीय विभेद विरुद्ध सचेतना जगाउने गीत ‘समान सबै जात हजुर’ सार्वजनिक भएको छ । रुकुम पश्चिममा नवराज विक सहित ६ जना युवाहरुको जातकै कारण हत्या भएको अवस्थामा आन्दोलन र धर्ना जारी रहँदा काठमाडौँको नयाँ वानेश्वरमा आयोजित धर्ना कार्यक्रममा गीत सार्वजनिक गरिएको हो ।

रुकुममा नवराज विक सहित टिकाराम सुनुवार, गणेश बुढामगर, लोकेन्द्र सुनार, सन्जु बिक र गोविन्द शाहीको हत्या भएको थियो । सोही हत्याको विरोधमा काठमाडौँ लगायत मुलुकका विभिन्न स्थानमा विरोध जारी रहँदा सर्मथनमा गीत सार्वजनिक भएको हो ।

दीपेन्द्र रसाइलीको शब्द र संगित रहेको गीतमा स्वयं रसाइली र उर्मिला लाम्गादेको स्वर रहेको छ । रुकुमको चौरजहारीमा भएको घटना विरुद्ध सचेतना जगाउने उद्देश्यले गीत तयार पारिएको गायिका लाम्गादेले बताइन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गीतमा दलित समुदायले लामो समय देखि भोग्दै आएको विभेद विरुद्ध लड्न आव्हान गरिएको छ । दलित आन्दोलनका नेता एवं साहित्यकार आहुति को लेखन, जागरण मिडीया सेण्टर द्वारा निर्माण गरिएको चर्चित टेलिसिरियल दलनमा समेत अभिनय गरेकी गायिका लाम्गादेले समान सबै जात हजुर बोलको गीतले समाजको वास्तविक चरित्र बोलेको बताइन् ।

रुकुम पश्चिममा नवराज विक सहित ६ जना युवाहरुको जातकै कारण हत्या भएको अवस्थामा सर्वजनिक भएको गीतले जातीय विभेद विरुद्ध गतिलो सन्देश दिएको छ ।

गायक रसाइलीले आफ्नो गीतले समाजमा लामो समय देखि विद्यमान विभेद विरुद्ध समानताको आवाज उठाएको बताए ।

गीतमा श्रमको सम्मान गर्ने देखि खुसी बाँड्ने सम्मका भावहरु समेटिएका छन् । मन उज्यालो पारे संसार उज्याले हुने बताउँछन् दीपेन्द्र रसाईली ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com