बलिउडका भिलेन जसले अभिनयका लागि छोडे बीमा कम्पनीको जागिर


प्रकाशित मिति : असार ८, २०७७ सोमबार

अग्लो कद , खतरनाक आवाज र दमदार व्यक्तित्वमार्फत् वर्षौंसम्म फिल्म प्रेमीको मनमा डर पैदा गर्ने अभिनेता थिए अमरिश पुरी । उनले थुप्रै फिल्ममा खतरनाक भिलेनको भूमिका निभाइसकेका छन् । अमरिश पुरी पर्दामा जब हिरोसँगै देखिन्थे तब उनका अगाडि हिरो नै फिक्का देखिन्थे । आज बलिउडका तिनै मोग्याम्बोको जन्म जयन्ती हो । उनले १५ वर्ष अघि यो संसारलाई बिदा गरिसकेपनि आफ्नो शानदार अभिनयका कारण उनी आज पनि मानिसहरुको मनमा जिउँदो छन् ।

सिमरनका ‘बाबूजी’ वा मिस्टर इन्डियाका ‘मोग्याम्बो’… अमरिश पुरीले आफ्नो जीवनमा थुप्रै अविष्मरणीय भूमिका निभाए । उनलाई बलिउडका सबैभन्दा ठूला भिलेनको रुपमा चिनिन्थ्यो । आज उनको जन्मदिनको मौकामा उनीबारे केहि जानकारी लिऔं । अमरिश पुरीले बलिउडमा आउनुअघि आफ्नो जीवनको लगभग दुई दशक बीमा कम्पनीलाई दिएका थिए । उनले दुई दशकसम्म एक बीमा कम्पनीका कर्मचारीको रुपमा काम गरेका थिए ।

यस्तै आफ्नो २१ वर्षको जागर उनले बलिउडमा आउन र आफ्नो अभिनयप्रतिको प्रेमका लागि छोडिदिएका थिए । उनलाई थिएटरको शौक निकै अघिदेखि थियो तर कुनै विशेष काम पाउन सकेका थिएनन् । तर एकदिन अचानक उनले नाटकमा अभिनयको मौका पाए । त्यसपछि उनी चर्चित थिएटर आटिस्टको रुपमा आफ्नो पहिचान स्थापित गर्न सफल भए । यससँगै उनले लेखक तथा निर्देशक सत्यदेव दुबेको सहायकको रुपमा काम गरे ।

अमरिश पुरीले सन् १९७१ मा फिल्ममा पहिलो ब्रेक पाए । त्यसै वर्ष उनको फिल्म ‘रेशमा र शेरा’ आयो र यसमा अमरिश पुरीले अभिनयका लागि अत्यधिक प्रशंसा पाए । त्यसपछि अमरिश पुरीले कहिले पनि पछाडि फर्केर हेरेनन् । उनी क्रमशः खलनायकको दुनियाँमा एक अमर पात्र बने । उनको डायलग ‘मोग्याम्बो खुस हुवा’ बच्चादेखि वृद्धसम्मको मुखमा झुण्डियो । स्रोतः न्यूज१८

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com