युएईबाट थप एक सय ६५ नेपाली स्वदेश फर्किए


प्रकाशित मिति : असार ८, २०७७ सोमबार

कोरोनाभाइरसको महामारीका कारण युएईमा समस्यामा परेका थप एक सय ६५ जना नेपाली आज नेपाल फर्किएका छन्।एयर अरबियाको जहाजको उडान नम्बर जि-९-७१५१ मार्फत युएईको शारहजाबाट स्थानीय समय आज बिहान ११:१५ बजे एक सय ६५ जना स्वदेश फर्किएका हुन्।

फर्कनेहरुमा ३१ महिला र १ सय ३४ जना पुरुष रहेको नेपाली दूतावास युएईका उपनियोग प्रमुख तथा प्रवक्त्ता रीता धितालले बताइईन्। आज फर्कनेहरुमा धेरै संख्यामा दूतावासको प्राथमिकतामा परेका दीर्घ रोगी,जागीर गुमेका पीडितहरु छन्।उनीहरु रोजगारदाताले दिएको टिकट र कोही आफ्नै खर्चमा नेपाल फर्केका हुन्। उनीहरुलाई विमानस्थलमा नै निःशुल्क कोभिड–१९ परीक्षण गरिएको थियो।

आजको उडानमा टिकट लिएर पनि विमानस्थल नआएका ३ जना नेपाल फर्किन पाएनन्। एयरलाइन्सका अनुसार १ सय ६८ जनाले नेपाल फर्किन टिकट लिएका थिए । टिकट काटेर पनि विमानस्थल नपुगेपछि एयरलाइन्स र दूतावासका प्रतिनिधिले सम्पर्कको प्रयास गरेको, तर सम्पर्क नभएपछि अन्तिम समयमा ३ वटा सिट खाली राखेर जहाज उडेको हो ।

टिकट लिएर विमानस्थल नपुग्नेहरुमा रामकुमार बुढा,भोलन लोप्चन र भूमि मगर रहेको एयर अरबियाले जनाएको छ। लकडाउनका बीच एयर अरबियाको युएईबाट यो तेस्रो उडान हो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनीहरुको सहजीकरण र बिदाइको लागि नेपाली दूतावासका आबुधावीका तृतीय सचिब राम विनय यादव,जनसम्पर्क अधिकृत(पीआरओ) इरफान आलम र बिष्णु पौडेल विमानस्थल पुगेका थिए। साथै गैर आवासीय नेपाली संघ (एनआरएनए) युएईका उपाध्यक्ष पासाङ शेर्पा, कोषाध्यक्ष विकास शाही र सदस्य सुजन सापकोटा पनि विमानस्थल पुगेका थिए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com