शिकागो र वासिंटन डिसीबाट नेपाली लिएर नेपाल जाने भनिएका उडान स्थगित


प्रकाशित मिति : असार ७, २०७७ आईतबार

अमेरिकाको शिकागो र वासिंटन डिसीबाट अमेरिकामा रोकिएका नेपालीहरु लिएर नेपाल जाने भनिएका उडानहरु स्थगित भएका छन् । सम्बन्धित एयरलाइन्सहरुले प्राविधिक कारणले ती उडानहरु स्थगित भएको जानकारी गराएको वासिंटन डिसीमा रहेको नेपाली दूतावासले जनाएको छ ।

कतार एयरवेजका दुईवटा र टर्किस एयरलाइन्सका दुईवटा गरी चारवटा विशेष उडानको व्यवस्था गरि जुन २० सम्म टिकट लिन अनुरोध गरिएको थियो । त्यसै अनुशार कोरोना महामारीका कारण अमेरिकामा रोकिएका र नेपाल जान चाहेका नेपालीहरुले टिकटहरु लिएका थिए ।

स्थगत भएका उडानहरुका लागि टिकट लिइसकेकाहरुले जुन २३ मा न्युयोर्कबाट हुने टर्किश एयरलाइन्सको उडानमार्फत र टेक्सासबाट जुन २५ मा हुने कतार एयरवेजको उडानमार्फत जानका लागि सम्बन्धित एयरलाइन्ससँग सम्पर्क गर्न दूतावासले सुझाव दिएको छ ।

यसअगाडि टर्किस एयरलाइन्सको उडान जुन २५ मा शिकागोबाट समेत हुने तय भएको बताइएको थियो । त्यस्तै कतार एयरवेजको उडान जुन २३ मा वासिंटन डिसीबाट हुने बताइएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अब जुन २५ मा टर्किस एयरलाइन्समार्फत शिकागोबाट जाने टिकट लिएकाहरुले जुन २३ मा नै न्युयोर्कबाट नेपाल जाने तयारी गर्नुपर्नेछ । त्यस्तै जुन २३ मा वासिंटन डिसीबाट कतार एयरलाइन्समार्फत नेपाल जाने टिकट लिएकाहरुले अब जुन २५ मा टेक्सासबाट जाने तयारी गर्नुपर्नेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com