बन्दाबन्दीमा बढी भाडा लिएर सार्वजनिक सवारी सञ्चालन


प्रकाशित मिति : असार ७, २०७७ आईतबार

कोभिड–१९ को जोखिमका कारण जारी रहेको आंशिक बन्दाबन्दीको अवस्थामा सवारी पासविना चर्को भाडा लिएर सार्वजनिक सवारी साधन सञ्चालन गरेको फेला परेको थियो । तोकिएभन्दा बढी भाडा लिएर सवारी पासविना नै यात्रु ओसारपसार गरेको फेला परेपछि आज तीन चालकलाई महानगरीय प्रहरीवृत्त थानकोट तथा महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

पक्राउपर्नेमा नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको बा४ख ४५८० नंको माइक्रो चालक राहुल डबगर, झापाबाट काठमाडौँ आउँदै गरेको ना५ख ५८३४ नम्बरको यात्रुबाहक बसका चालक सुनसरीका राकेश शाक्य र नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको ना७ख ७३९५ नंका बस चालक बाँकेका रुद्रबहादुर खत्री रहेका छन् । प्रारम्भिक सोधपुछको क्रममा राहुल डबगरले प्रतियात्रु दुई हजार भाडा लिइ सात जना यात्रीबाट १४ हजार रकम लिएको तथा एक जना यात्रीलाई चितवनबाट चढाइ ८०० भाडा लिएको, शाक्यले १९ जना यात्रु बोकी आएकामा प्रतियात्रु दुई हजारका दरले ३८ हजार लिएको तथा खत्रीले १५ जना यात्रु बोकी आएकामा प्रतियात्रु दुई हजारको दरले लिएको खुल्न आएको छ ।

उक्त सवारी साधनमा सवार ४२ जना यात्रुलाई कीर्तिपुर राधाश्वामी सत्संग होल्डिङ जोनमा आवश्यक व्यवस्थापनका लागि पठाइएको छ । चालकलाई सवारी साधन, बरामद रकमसहित सङ्क्रमण रोग ऐन, २०२० अन्तर्गत आवश्यक कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँ पठाइएको महानगरीय प्रहरीवृत्त थानकोटले जनाएको छ । प्रहरीले बिहीबार पनि छ जना यात्रु बोकी नेपालगञ्जबाट थानकोटतर्फ आउँदै गरेको बा ४ ख ७३७३ नंको माइक्रो बसरका चालक बाँके नेपालगञ्जका विकास शर्मालाई पक्राउ गरेको थियो । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com