पोर्चुगल र स्पेन जुलाई १ देखि बन्द नाका पुनः संचालनमा ल्याउन सहमत


प्रकाशित मिति : असार ६, २०७७ शनिबार

युरोपियन युनियनभित्रका दुई मुलुक पोर्चुगल र स्पेनको सिमाना आगामी जुलाई १ देखि पुनः संचालनमा आउने भएको छ । दुवै देश सिमाना संचालनमा ल्याउन सहमत भएपछि मिति तय गरिएको हो ।

गणतन्त्रका राष्ट्रपति मार्सेलो रेबेलो डे सुसा, किंग फेलिप छैठौं र पोर्तुगाली प्रधानमन्त्री एन्टोनियो कोस्टा र स्पेनिश पेद्रो सान्चेज जुलाई १ तारिखका दिन सिमाना पुनः खोल्ने क्रममा एकै ठाउँमा भेला हुने भएका हुन् ।

समारोह काइया र बडाजोजको बीचमा हुने बताइएको छ । पोर्चुगाली र स्पेनिश प्रतिनिधिहरूले सीमामा भेला हुने र यसलाई स्पेनमा पारेर स्वागत समारोहको लागि पु¥याइनेछ । त्यसपछि खाजाको लागि पोर्चुगाल सर्ने कार्यक्रम तय भएको स्रोतले जनाएको छ ।

कोभिड–१९ को महामारीका कारण पोर्चुगाल र स्पेन बीचको सिमाना गत मार्च १ गतेदेखि पुर्ण रुपमा ठप्प पारिएको थियो । गत वर्ष डिसेम्बरमा मध्य चीनमा नयाँ कोरोनाभाइरसको कारण पत्ता लागेको कोभिड १९ बाट पोर्चुगलमा एक हजार ५१७ जनाको निधन भएको छ भने स्पेनमा २७ हजार १३६ को निधन भएको छ । पोर्चुगलमा पहिलो घटना मार्च २ मा पत्ता लागेको थियो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com